पोखरा । सराङकोट बहुद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले कृष्णबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष वसन्तबहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा छन् । सदस्यहरु रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेरबहादुर थापा, बुद्ध गुभाजू, विकल पौडेल र तारा थापा छन् । लेखा समिति संयोजक शिवबहादुर बानिया, शिवबहादुर थापा, मनहरि भण्डारी रहेका छन् । वि.सं. २०६३ मा स्थापित सहकारीले रेडियो सराङकोट सञ्चालन, बचत तथा ऋणमार्फत् ४४ करोड लगानी, ५२ करोड बचतसहित १ करोड ६० लाख मुनाफा गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास तथा सामाजिक मन्त्री कुमार खड्काले सहकारी गतिविधिमार्फत् आम समुदायले आर्थिक कारोबार सहज बनाएको बताए ।
सहकारीमा सदस्यता विवादमा बैंकमा जति खाता खोले पनि हुने, सहकारीमा व्यक्तिको पहुँचमा किन कडाइ भन्दै मन्त्री खड्काले यसलाई उचित नियम बनाई सबैको सहज बनाउनुपर्ने बताए । रेडियोका प्रबन्ध निर्देशक कमलनयन गौतमले रेडियोमार्फत् सेवामुखी सामाजिक कार्यहरु गरिने बताए । पूर्व अध्यक्ष सुशीलराज पराजुलीले संस्थामार्फत् भएका गतिविधिले आम समुदायलाई फाइदा पुगेको बताए ।
सल्लाहकार सोभियतबहादुर अधिकारीले संस्था सधैं सक्रिय रहनु सबैलाई समेट्नु महत्वपूर्ण रहेको बताए । संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, निर्वाचन संयोजक चिन्तामणि बास्तोला, गणेशबहादुर अधिकारी, सम्मानित व्यक्तित्व हेडम्बराज पराजुली, सल्लाहकार दुर्गाबहादुर सुनार, उपाध्यक्ष वसन्तबहादुर बानिया, सचिव कृष्ण थापा, कोषाध्यक्ष मीनबहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, शिक्षासमिति संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, सञ्चालक सदस्य रमेशकुमार थापालगायतले बोलेका थिए । कार्यक्रममा संस्थाको विकास तथा सामाजिक क्षेत्रमा पुर्याएको कदरस्वरुप समाजसेवी सम्मान हेडम्बराज पराजुली, कर्मचारीतर्फ सुशीला परियार, डोल्मा तामाङ, कारोबारतर्फ ध्रुवकुमार सुनचौरी र मैना परियार दर्जीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१