असोज १ देखि पोखराका सबै विद्यालय खुल्ने

आदर्श समाज संवाददाता
भाद्र ३०, २०७८
School News

पोखरा । पोखरा महानगरका सामुदायिक तथा संस्थागत विद्यालय खुल्ने भएका छन् । पोखरा महानगर नगर शिक्षा समितिको २८ भदौको बैठकको निर्णय अनुसार १ असोजदेखि विद्यालय खोल्न भनिएको छ ।
विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न भनिएको छ ।

विद्यार्थी धेरै भएका विद्यालयले भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।

विद्यालयमा पठनपाठन भए पनि प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width