पोखरा । फेवातालको फुट ट्रेलमा हालै निकै रमाइलो गर्दै थियो, युवतीको एक समूह । उनीहरुमध्ये कोही फोटो खिच्दै, कोही टिकटक बनाउँदै उत्साहित मुद्रामा देखिन्थे । दोस्रो पटक भएको लकडाउनले छुटाएको भेट ४ महिनापछि बल्ल फेवा किनार सम्भव भएको हो ।
समूहकी एक सदस्य दीया लकडाउनअघि जस्तो गुल्जार लेकसाइडमा अहिले पनि उस्तैउस्तै दृष्य देख्दा खुसी थिइन् । लकडाउनभर उनी कोठाभित्र मात्र बसिन् । किताब, मोबाइल र कोठाको भित्ता हेर्दा हेर्दा वाक्क बनेकी थिइन् । ४ महिनासम्म फुट ट्रेलको भीड, चनाचटपटे, पानी पुरी र आफ्ना साथीहरु खुब मिस गरिन् । रेस्टुरेन्टमा हुने लाइभ म्युजिक, फेवा किनारमा टहलिनेको भीड, हतारमा हुने डुंगा चालकलाई नसम्झने कुरै भएन । कोरोनाको घट्दो ग्राफ र स्मार्ट लकडाउनको फाइदा उठाउँदै सुजता, समिरा लगायतको समूहले लेकसाइड अब पुरानै अवस्थामा फर्केको हेर्न चाहेको बताए । र, फस्टाउँदो चहलपहलले उनीहरु आशावादी थिए ।
बिरौटादेखि लेकसाइट पुगेर फेवातालको छेवैमा बसेका केशवप्रसाद आचार्य पनि छिट्टै लेकसाइड भरिभराउ भएको हेर्न चाहन्थे । करिब २ वर्ष अन्तरालपछि पुगेका उनले पहिला र अहिलेको लेकसाइडमा धेरै अन्तर भेटे । गोरा छालाले भरिने लेकसाइड भने आन्तरिक पर्यटकमात्र भेटे, उनले । बिरौटामै किराना पसल सञ्चालन गरेका उनले कोरोना हटे पर्यटक आउथे र आफ्नो व्यापार बढ्थ्यो कि भन्ने व्यापारिक स्वार्थ पनि व्यक्त गरे । ‘मेरो पसलकै व्यापार पहिलाको जस्तो छैन, लेकसाइड झन् शुन्य रहेछ,’ उनले भने, ‘पर्यटक त अलिअलि आएका छन्, उनीहरु कहाँ बस्ने कहाँ खाने होटल रेष्टुरेन्ट नै पूरा खुलेका छैनन् ।’ लकडाउन बिस्तारै खुकुलो भएको र कोरोना संक्रमित कम हुँदै गएकाले अब पोखरा पर्यटन केही भए पनि उभो लाग्नेमा भने उनी विश्वस्त छन् ।
कोरोनाको दोस्रो लहर सकिँदासम्म ४० प्रतिशतसम्म व्यवसायी विस्थापित हुने पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई यो अवस्थामा सुरक्षित नभई पर्यटन व्यावसाय चलाउन नमिल्ने बताउँछन् । सुरक्षित गन्तव्य र भोलिको पर्यटन चलायमान बनाउन खोप नै पहिलो प्राथमिकता भएका कारण खोप लगाएको उनले बताए । प्रशासनले पर्यटन व्यवसाय आंशिकरुपमा खोल्ने अनुमति दिए पनि सुरक्षित नहुँदासम्म पर्यटन क्षेत्र चलायमान नहुने उनको धारणा छ । सरकारले यातायात चलाउने, उडान सुचारु गर्दै जाने तर केही बन्द गर्दै जाने सरकारकै तालमेल नमिलेको उनको भनाइ छ । काठमाडौंमा खोल्ने निर्णय गरिएको हुँदा उनले यसलाई सकारात्मक सन्देश मानेका छन् । पोखरामा पनि केही दिनपछि पर्यटन व्यवसाय खोल्न दिनेमा उनी विश्वस्त छन् । सधैं कारोना र लकडाउन भनेर बस्दा पर्यटन व्यवसाय पछि पर्ने हुँदा बिस्तारै सबै क्षेत्र खोल्दै जानुपर्ने उनको धारणा छ । सरकारले व्यवसायीलाई दिनुपर्ने छुट र राहत प्याकेजमा कन्जुस्याइँ गर्न नहुने उनी बताउँछन् । व्यवसायीले बिस्तारै राम्राराम्रा प्याकेज ल्याएर पर्यटन क्षेत्र चलायमान बनाउनतिर सोच्नुपर्ने उनको भनाइ छ ।
कोरोनाका पोखरामका होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल एजेन्सीलगायत विस्थापित हुने क्रम बढ्दो छ । यही अवस्था रहीरहे पर्यटन व्यवसायी पलायन हुने बढ्ने उनी बताउँछन् । अहिले पनि केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । पोखरामा हालसम्म ३० प्रतिशत पर्यटन व्यवसायी विस्थापित भइसकेको उनको दाबी छ । साथै ६० प्रतिशत मजदुर पलायन भएका छन् ।
कोरोनाको दोस्रो लहर सकिँदासम्म ४० प्रतिशतसम्म व्यवसायी विस्थापित हुने भट्टराईले बताए । ‘कोरोना भनेर हात बाँधेर बस्ने अवस्था छैन । अब बिस्तारै सबै क्षेत्र खोल्दै जानुपर्छ,’ उनले भने, ‘लेकसाइड मात्र होइन, साइट सिन, मठमन्दिर, प्याराग्लाइडिङ, बन्जी, क्यानोनिङ लगायत साहसिक खेल ट्रेकिङ तथा ट्राभल एजेन्सी स्वास्थ्य सुरक्षा मापदण्ड लागु गरेर खोल्नुपर्छ ।’
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन हाल होटल ५० प्रतिशत क्षमतामा अनुमति दिएकोमा त्यो समेत भरिभराउ भएर चल्न नसकेको बताउँछन् । सरकारले बिस्तारै पर्यटन व्यवसाय खोल्न अनुमति दिएमा लामो समय मार खेपेको यो क्षेत्र लयमा फर्कन सहयोग हुनेमा उनी आशावादी छन् । लेकसाइडमात्र नभएर पर्यटकीय क्षेत्रहरुसँगै होमस्टे र अन्य क्षेत्र आवश्यक सुरक्षाका उपाय अपनाएर खोल्नुपर्ने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१