पर्यटकीय राजधानी पोखराको सम्भावना धेरै छ । त्योमध्ये एक हो–खेल पर्यटन । त्यसो त साहसिक पर्यटनका लागि पोखरा आफैंमा परिचित छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ, बञ्जीजम्पजस्ता साहसिक खेलको पर्याय बनेको छ, पोखरा । नेपालको फुटबलको क्षेत्रमा धेरै खेलाडी उत्पादन गरेको छ, पोखरा र समग्र गण्डकी प्रदेशले । त्यति मात्र नभएर पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता पनि हुने गरेका छन् । पोखरामा अहिले रंगशाला निर्माणाधीन छ । अहिले खुसीको कुरा ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानका रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सिफारिस भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा, राखेप बोर्ड सदस्य राजेश गुरुङसहित सरोकारवाला निकायको छलफलपछि यो सिफारिस भएको हो ।
राखेपले क्लबलाई प्रमाणपत्र दिएपछि आधिकारिकता प्रदान हुनेछ । होम ग्राउन्ड भन्नाले पोखरा आएर म्याचमात्र खेल्ने हो । होम ग्राउन्ड अनुमति पाएपछि मनाङले लिग, एएफसी लगायत होम ग्राउन्डमा खेल्नुपर्ने सबै खेल पोखरामा खेल्नुपर्छ । मनाङले सहिद स्मारक लिगका खेलसहित अन्य खेल पोखरामै खेल्नु पोखरेली खेलप्रेमीका लागि सुखद पक्ष हो । निरन्तर हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ । काठमाडौंमा मात्र केन्द्रित प्रतियोगिता बाहिर हुँदा खेल पर्यटनको समेत राम्रो विकास हुने विश्वास गरिएको छ । मनाङको पोखरा आगमनसँगै खेलकुद विकास मात्र होइन, यहाँको पर्यटनमा टेवा पुग्ने छ । मनाङ मस्र्याङ्दीले रंगशाला उपभोग गरेवापत न्यूनतम शुल्क भने तिर्ने छ ।
मनाङ मस्र्याङ्दी फुटबल क्लबमात्रै नभै यो नदीको नामसँग जोडिएको छ । त्यसैकारण पोखरामा उकसा फ्यान बाक्लै छन् । यो कुरा रंगशालामा हुने फुटबल प्रतियोगितामा दर्शकको उपस्थितिले पनि जनाउँछ । क्लब समर्थक पनि पोखरा रंगशालालाई मनाङले होम ग्राउन्ड बनाएको र खेलेको हेर्न आतुर छन् । सधैं उपत्यकामा हुने खेल मोफसलमा हुँदा उपत्यका बाहिरका दर्शकले आफ्नो पायक पर्ने समयमा हेर्न जान भ्याउने छन् । मनाङ मस्र्याङ्दी पोखरा आउनु खेल, खेलाडी र खेल पर्यटन क्षेत्रका लागि सकारात्मक पक्ष रहेको प्रतिक्रिया सबैतिरबाट आएको छ । हुन त सरकारले अहिलेसम्म पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्न सकेको छैन । बर्खे भेलले बगाउने गरी सडक निर्माण गर्दा विकास अनुभूति गर्ने सरकारले खेल क्षेत्रलाई अनुत्पादक ठान्छ । वास्तवमा त्यस्तो होइन । खेलमा गरेको सानो लगानीले साह्रै राम्रो प्रतिफल दिन्छ भन्ने कुरा शासन चलाउनेहरुले बुझ्नु जरुरी छ । खेल स्वास्थ्यसँग जोडिएको छ । अनुशासनसँग जोडिएको छ । त्यसैले यसमा लगानी गर्न हिचकिचाउनु हुँदैन । एमएमसीले पोखरालाई होमग्राउन्ड बनाउन खोजेको छ । यसलाई हामीले भरपूर सदुपयोग गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१