शिक्षामन्त्री श्रेष्ठको सम्मान : महिला, युवा र ज्येष्ठ नागरिक पहिलो प्राथमिकता

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
Minister Edu ( 2

स्याङ्जा । गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफू विशेष परिस्थितिमा मन्त्री बनेको बताएका छन् । कम्युनिष्टको बहुमत हुँदाहुँदै आवधिक निर्वाचनको उत्तराद्र्धमा मन्त्री बनेको अवसरलाई जनहितमा उपयोग गर्ने उनले बताए ।
नेपाली कांग्रेस स्याङ्जाद्वारा मंगलवार यहाँ आयोजित स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समग्र प्रदेशको शैक्षिक गुणस्तर वृद्धि र सामाजिक विकासका पक्षमा काम गर्ने बताए। पहिलो कार्यक्रम स्याङ्जाबाट सुरु गरेको उनले जनाए ।
प्रादेशिक मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री श्रेष्ठले आफ्ना ३ प्राथमिकता ‘महिला सशक्तीकरण, युवा स्वरोजगार र ज्येष्ठ नागरिक दिवा सेवा र उपचार’ रहेको जनाए । उनले यी कार्यक्रमलाई वडास्तरसम्म पुर्‍याउने गरी योजना सुनाए । साथै दीर्घकालीन र अल्पकालीन विकासका योजना अनुरुप कार्यक्रम तय गरिने बताए ।
कार्यक्रममा कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, संबिधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापति १ र २ का तुलसीराम रेग्मी र देवबहादुर खाँण ईश्वर, प्रवक्ता इन्द्रबहादुर गोदार, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, महिला संघका सचिव तारा मल्ल लगायतले समग्र जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागि रचनात्मक कार्य गर्न र विद्यालय व्यवस्थापन समिति गठनका नाउँमा गरिएका राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने लगायतबारे सुझाव दिएका थिए । स्याङ्जाबाट मन्त्री बनेको भन्दै कांग्रेस जिल्ला कार्य समितिले पार्टी कार्यालयमा स्वागत एवं सम्मान कार्यक्रम राखेको हो ।
जिल्लाबाट गण्डकी प्रदेशमा यसपालि उनीसहित २ जना बनेका छन् । अर्का वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै