हेमजा । अन्नपूर्ण १ स्थित नागडाँडा दुग्ध उत्पादक सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा भएको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी दुध गाउँ भएको चर्चा गर्दै दुध उत्पादनको परिमाणलाई अझै बढाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, पशु सेवा शाखा प्रमुख ऋषि दाहाल, पशुपन्छी तथा मन्त्य विकास निर्देशनालयका गोविन्दराज अधिकारी लगायतले पहाडी क्षेत्रमा दुग्ध सहकारीको महत्वमाथि प्रकाश पारेका थिए।
सहकारी अध्यक्ष चूडामणि अधिकारीले संस्थाको सांगठनिक प्रतिवेदन, लेखा संयोजक चूडामणि पौडेलले वार्षिक आय व्यय विवरण तथा पशुधन सुरक्षण उपसमिति संयोजक कलाधर भुगाईले बिमासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै व्यवस्थापक यमप्रसाद अधिकारीले संस्थामा २६ वर्ष काम गर्दाको अनुभव सुनाए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवर, उपाध्यक्ष गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, पशु सेवा शाखा प्रमुख दाहाल तथा पशुपन्छी तथा मन्त्य विकास निर्देशनालयका गोविन्दराज अधिकारीलाई दोसल्ला ओढाइ सम्मान गरियो।
७ सय ९५ सेयर सदस्य रहेको सहकारीले हाल दैनिक २ हजार २ सय लिटर दुध संकलन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
कृषि सञ्जाल पोखरा ६ द्वारा कम्पोस्ट बिन र कुटो वितरण
पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
अन्नपूर्णमा धानखेती तालिम
किसानलाई मौरीसहितको घार अनुदानमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१