पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कार्यक्रमका रूपमा नेपाली साहित्यका जरो मानिने आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाएको छ ।
प्रतिष्ठानले विद्वत प्रवचन, धनुमा कवितावाचन र सम्मानसहित विविध कार्यक्रमका साथ जयन्ती मनाएको हो ।
प्राज्ञ तीर्थ श्रेष्ठले देशमा सबैको आ–आफ्नै सत्ता भएकाले सत्ताको सत्य जोगाउने जिम्मा तिनै जिम्मेवार व्यक्तिको भएको बताए । उनले नेपाली भाषा, साहित्य र सर्जकको उपेक्षा गरेर विदेशीको गुलामी संस्कार मोलाउनु दुःखद् भएको धारणा राखे ।
प्राज्ञ श्रेष्ठले मौरीले सुवास, झिँगाले फोहर दिने स्मरण गर्दै दुनियाँमा एउटै व्यक्तिले सबै दिन नसक्ने भएकाले केही झिँगाले भानुभक्तको योगदानको उपेक्षा गर्नु हास्यास्पद रहेको बताए ।
भानुभक्तको चिनारी प्रस्तुत गर्दै प्राडा रविलाल अधिकारीले भानुभक्तलाई राष्ट्रियताका प्रतीकका रुपमा चिनाए । बिम्ब कवि रमेश श्रेष्ठले भानुभक्त आचार्यले नेपाली भाषाको प्रचारप्रसार र महत्वमा भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठानले स्रष्टाको सम्मान जिउँदैमा गर्नुपर्ने मान्यतानुरुप आफ्ना कार्यक्रम तय गरेको बताए ।
प्रतिष्ठानले आयोजना गरेको धुनमा कविता कार्यक्रममा ६ जिल्लाका कविले आफ्ना रोजा कविता सुनाएका थिए । कविता सुनाउने कविमा कास्कीका शिव त्रिपाठी, शंकरमणि त्रिपाठी, लक्ष्मी थापा, स्याङ्जाका डा. नारायणप्रसाद अधिकारी, सुदर्शन पौडेल, तनहुँका अम्बिकाप्रसाद भट्टराई, लमजुङका कुमार तामाङ, सरस्वती श्रेष्ठ सरु, गोरखाका लोकनाथ पुडासैनी र पर्वतका डा. जगन्नाथ रेग्मीले कवितावाचन गरेका थिए ।
कवितावाचनका क्रममा कलाकर्मी तथा संगीतकर्मी अम्मर राना मगर, युमिन गुरुङ र रोशन गुरुङले मुरली, मादल र सारंगीमा साथ दिए ।
कुलपति सूर्य खड्का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत गरे भने सदस्य सचिव मनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।
यता, भानु वाङ्मय प्रतिष्ठान पोखराले भानुको प्रतिमामा माल्यार्पण तथा उनको योगदानको स्मरण गर्दै २०८ औं भानु जयन्ती मनाएको छ । पोखरा–११ फूलबारीस्थित आदिकवि भानुभक्त आचार्यको पूर्णकदको प्रतिमामा मंगलबार बिहान माल्यार्पण गर्दै जयन्ती मनाइएको हो ।
प्रतिष्ठानका अध्यक्ष सरुभक्त श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव अम्बिकाप्रसाद भट्टराई, डा. चैतन्य अधिकारी, भानु मार्ग आमा समूह क का अध्यक्ष मीठुदेवी गुरुङ, प्रतिष्ठानका सदस्य कृष्णप्रसाद बास्तोला, पद्मराज उदासी, धर्मराज पौडेल अल्पायु, साहित्यकार भीम रानाभाटलगायतले आदिकविको योगदानको स्मरण गरेका थिए ।
आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्तीको अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले २०७१ सालमा भानुको पूर्णकदको प्रतिमा निर्माण गरेको थियो ।
Related News
सम्बन्धित समाचार
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१