आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
syanja news putalibazar purja

पोखरा । पालिका मातहत रहने गरी पुतलीबजार ४, नागडाँडामा बन्न लागेको आधारभूत स्वास्थ्य केन्द्रका लागि निशुल्क जग्गा प्राप्त भएको छ । स्थानीय सेतीदेवी पोखरेल र चूडामणि पोखरेलले नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरी जग्गा उपलब्ध गराएका हुन् ।
नगर प्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताइन् । सोही अवसरमा जग्गा दाताद्वय पोखरेललाई क्षेत्रीले खादा लगाई सम्मान गरेकी थिइन् ।
आधारभूत स्वास्थ्य केन्द्रका लागि निशुल्क रुपमा स्थानीय चूडामणि पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आजा ३ दाम जग्गा उपलब्ध गराएका हुन् । उनीहरुले मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएको पुतलीबजार ४ का वडाध्यक्ष ओमबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, आयोजना अधिकृत ताराचन्द्र ढकाल, वडाध्यक्ष ओमबहादुर खड्का र सूर्याेदय क्लबका अध्यक्ष तथा समाजसेवी अनन्तकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width