लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आइतबार २५ औं वार्षिकोत्सव तथा पुनर्मिलन कार्यक्रम गरेको छ । सो अवसरमा संघका संस्थापक सदस्य, पूर्व कार्यसमिति, विभिन्न उपसमिति संयोजक, सहसंयोजक तथा वर्तमान कार्यसमितिका सदस्यबीच पुनर्मिलनसहित अनुभव आदानप्रदान गरिएको छ । उनीहरुले कोरोना महामारीका कारण मर्कामा परेका व्यवसायीको हकहितका सवालमा संघले आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।
सांसद दीपक कोइरालाले कृषिप्रधान देश भन्ने तर कृषिका कच्चा पदार्थदेखि खाद्यवस्तु पनि आयात गर्नुपर्ने विडम्बनालाई अन्त्य गरिनुपर्नमा जोड दिए । उनले कृषि उत्पादन क्षेत्रमा लागानी बढाउन र उद्योग स्थापनामा जोड दिन व्यवसायीलाई आग्रह गरे ।
संघका पूर्व अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले अग्रजको योगदानको उच्च कदर गर्दै यस वर्षलाई रजत वर्षका रुपमा मनाउने बताए ।
संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापनाकालको इतिहासबारेमा प्रकाश पारे ।
संघ अध्यक्ष बलराम ढकालले व्यावसायिक हकहितका सवालमा संघमार्फत आम व्यवसायीको पिरमर्कादेखि विधि र परिधिमा रहेर नेतृत्व हस्तान्तरण गर्ने काममा संघले उदाहरणीय काम गर्दै आएको चर्चा गरे ।
संघका महासचिव गोपिचन्द्र बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए । २०५४ असार २० मा ८० जना साधारण सदस्यहरुबाट स्थापित लेखनाथ उद्योग बाणिज्य संघमा हाल १ हजार ७ सय ३५ सदस्य छन् ।
ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार घोषणा
संघको २५ औं वार्षिकोत्सव अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले ज्येष्ठ नागरिकको क्षेत्रमा कलम चलाउने पत्रकारलाई हरेक वर्ष ७५ हजार राशिको ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
माघदेखि आफू ७० वर्ष पुग्ने भएकाले राज्यबाट पाउने ज्येष्ठ नागरिक भत्तामा थप गरी ज्येष्ठ नागरिक तथा वृद्धाश्रमका बारेमा खोजमूलक लेख, रचना तथा समाचार प्रकाशन गर्ने पत्रकारलाई हरेक वर्ष संघको वार्षिक साधारण सभामा पुरस्कृत गर्ने उनले घोषणा गरेका हुन् । पुरस्कारको व्यवस्थापन तथा सञ्चालनमा संघ रहने गरी पुरस्कारका सम्बन्धमा कार्यविधि नै बनाएर अगाडि बढ्ने र पहिलो पुरस्कार अर्को वर्ष वार्षिक साधारण सभामा प्रदान गरिने छ ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१