हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । कोरोनाको समयमा समेत पालिका भित्रका सबै बालबालिकामा खोपको मात्रा पुगेपछि बिहीबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
पालिकामा रहेका १६ देखि २३ महिना भित्रका कुल दुई सय ३७ बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने सम्पूर्ण खोप पाएपछि उक्त घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवरले आगामी दिनमा पनि खोप लिनबाट बालबालिकालाई वन्चित नगराइने प्रतिबद्घता व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले खोपको महत्वमाथि प्रकाश पार्दै बालबालिकाको स्वास्थ्यमा ख्याल राख्न अभिभावकसमक्ष आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले अन्नपूर्णवासीको एकतामा जोड दिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले कोरोना कालमा समेत पूर्ण खोप सुनिश्चित घोषणा गर्न पाउनु सुखद् भएको औंल्याउँदै यो गण्डकीकै पहिलो भएको दाबी पनि गरे ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१