म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७८/०७९ को लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो ।
गाउँपालिकाले आगामी आवको लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटमा चालूतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगततर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ २ करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको हो ।
सशर्ततर्फ २३ करोड १८ लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड ७ लाख, संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ५ लाख ३८ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने ९० लाख ४० हजार र चालू आवमा खर्च नभइ बाँकी रहेको अनुमानित १ करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ ।
बजेटमा पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिंचाइ, शिक्षा, वन तथा वातावारण लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट प्रस्ताव गरिएको छ ।
गाउँपालिकाले चालू आवको ११ महिनामा ३४ लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपद व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । ३ लाख रुपैयाँभन्दा कम बजेटका योजनाको सम्झौता वडामै गर्ने नीति लिएको गाउँपालिकाले विद्यालय कर्मचारी र बालशिक्षा सहजकर्ताहरुलाई मासिक न्यूनतम १५ हजार तलबको व्यवस्था गर्न ६९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सभाले आर्थिक र विनियोजन विधेयक पनि पारित गरेको छ । चालू आवमा ६८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले ११ महिनामा ३४ लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । चालू आवको यस अवधिसम्म चालू र पुँजीगततर्फ ४९.१३ प्रतिशत खर्च भएको छ । सडक आयोजनालाई १ करोड ७५ लाख, खानेपानी र सरसफाइमा ४४ लाख, भवन पूर्वाधारमा १ करोड १९ लाख, पर्यटन पूर्वाधारमा ३४ लाख, युवा तथा खेलकुदमा ६४ लाख, कृषिमा ४० लाख, पशु सेवामा ३५ लाख, सहकारीमा ५ लाख, आयुर्वेदमा ५ लाख, महिला तथा बालबालिकामा २५ लाख विनियोजित छ ।
कर्मचारी प्रोत्साहन र पुरस्कारको लागि १ लाख ५० हजार, साझेदारीका कार्यक्रमका लागि समपूरक कोषमा ८० लाख विनियोजन गरेको गाउँपालिकाले तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न गर्ने, गुणस्तरीय र प्रभावकारी रुपमा कार्य सम्पन्न गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको जनाएको छ ।
आठै वडाका बस्तीस्तरबाट प्राथमिकता आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको गाउँपालिका अध्यक्ष क्या. डमबहादुर गर्बुजा पुनले बताए । सो पारित भएपछि आगामी आवबाट प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए ।
गाउँसभा सुरु हुनु अघि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र उपस्थित पत्रकारको एन्टिजेन परीक्षण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१