पोखरा । गण्डकी प्रदेशमा बुधबार १ हजार ७ सय ३३ जनाले कोरोना जितेका छन् । यो पछिल्लो एक महिना कै उच्च संख्या हो । यो भन्दा अघि सोमबार मात्र १५ सय ३० जना कोरोना मुक्त भएका थिए । त्योभन्दा पहिला जेठ ७ गते १३ सय ९६ जनाले कोरोना जितेका थिए । त्यो पछि बुधबार सबैभन्दा बढि कोरोना निको भएका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ४० हजार ८५३ पुगेका छन् । नेपालभर पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै प्रदेशमा कोरोना जित्ने बढ्दा संक्रमित भने घटेका छन् । बुधबार प्रदेशमा २ हजार १४४ जनाको नमुना परीक्षण गरिएकोमा थप ६६३ जनामा कोरोना पोजेटिभ देखिएको हो । कास्कीका ९१ सहित म्याग्दीका १७ जना, पर्वतका ३९ जना, गोरखाका ८६ जना, लमजुङका ८९ जना तनहुँका ६९ जना, बाग्लुङका ६० जना, स्याङ्जाका ५१ जना मुस्ताङका ११ जना र नवलपुरका १५० जना गरी प्रदेशका १० जिल्लामा ३३१ पुरुष तथा ३३२ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार ४७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपारभर १२ हजार ७४ पीसीआर परीक्षणमा ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा १० थप जनाको कोरोनाबाट मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरका ३, कास्की, म्याग्दी र तनहुँका २÷२ र पर्वतका १ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका ९ का ७३ वर्षीय पुरूषको सोमबार अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । नवलपुरको विनयत्रिवेणी गाउँपालिका ४ का ८० वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । नवलपुरको गैंडाकोट नगरपालिका ९ की ४० वर्षीय कोरोना संक्रमित महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । कास्कीको पोखरा महानगरपालिका १७की ५५ वर्षीय महिलाको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ५ का ४६ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा ज्यान गएको हो ।
यसैगरि तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का ९९ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँ के भिमाद नगरपालिका ५ का ६५ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । पर्वतको जलजला गाउँपालिका २ की ६३ वर्षीया कोरोना संक्रमित महिलाको बेनी अस्पताल, म्याग्दीमा उपचारको क्रममा ज्यान गएको हो । म्याग्दीको बेनी १० की ७५ वर्षीया पुरूषको बेनी अस्पताल, म्याग्दीमै उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दी कै मालिका गाउँपालिका ६ का ४३ वर्षीय कोरोना संक्रमित पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।
योसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७९९ पुगेको छ । नेपालभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१