आयुर्वेद औषधी व्यवसायीद्वारा ट्राफिकलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
ayurbed

पोखरा । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, कास्कीले जिल्ला ट्राफिक कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड १९ को दोस्रो लहरले निम्त्याएको परिस्थितिमा अग्रभागमा अहोरात्र खट्ने राष्ट्रसेवक ट्राफिक प्रहरीको मनोबल उच्च राख्न सहयोग गरिएको संस्थाका सचिव पुष्पराज पौडेलले बताए । उनले महामारीको बेलामा संक्रमणबाट संक्रमित अति विपन्न परिवारका व्यक्तिले संस्थासँग सम्पर्क गरेमा रोगसँग लड्न सक्ने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधी निःशुल्क रुपमा उपलब्ध गराउने बताए ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले आफ्नो दुःखकष्ट बिर्सेर सहयोग गरेकोमा सम्पूर्ण व्यवसायीप्रति आभार प्रकट गरे ।

आयुर्वेद औषधी व्यवसायी संघका केन्द्रीय सदस्य कृष्ण तिमिल्सिनाले संस्थाको सुरुवाती कार्य राम्रो भएको र यस्ता सहयोगका कार्य अगाडि बढाउँदै जाने बताए ।
सामग्री वितरणमा सहयोग गर्ने फर्ममा श्रद्धा आयुर्वेद फर्मा तेर्सापट्टी, श्रेष्ठ ड्रग कन्सर्न तेर्सापट्टी, कृपा आयुर्वेद फर्मा पालिखेचोक, जनसमृद्धि आयुर्वेद औषधालय बगर, बैद्धिक आयुर्वेद फर्मा नागढुंगा, गुडहेल्थ आयुर्वेद फूलबारी, कुसुमकृष्ण आयुर्वेद तेर्सापट्टी, स्वीकृति आयुर्वेद, राष्ट्रबैंकचोक, गौतम आयुर्वेद काठमाडौ, फेमिली इन्टरप्राइजेज हेमजा लगायत छन् ।

पवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width