पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि छनोट गरेका खेलाडीलाई आइतबार चिठ्ठा थुतेर एकेडेमीलाई बाँडिसकेको छ । शुक्रबार नाम सार्वजनिक ४२ खेलाडीलाई ‘लक्की ड्र’ गरेर एन्फाले समानरुपमा त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबको एकेडेमीलाई उपलब्ध गराएको हो । एन्फाले देशभरबाट छनोट गर्दै एकेडेमीका लागि ४२ जना यु–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।
छनोटमध्ये २१ छात्रवृत्तिका लागि छानिएका हुन् । तीमध्ये नेपाल पुलिस क्लब, आर्मी क्लब र एपीएफ क्लबको एकेडेमीमा ७–७ जना रहने छन् । बाँकी २१ जनाले भने शुल्क तिर्नुपर्छ । एन्फाले ४२ बाहेक वैकल्पिकमा ९ खेलाडी पनि राखेको छ । एकेडेमी सञ्चालनका लागि एन्फाले यसअघि नै विभागीय टिमको स्कुलसँग सम्झौता गरिसकेको छ ।
विभागीय टिमले एकेडेमी सञ्चालन गर्ने भएपछि एन्फाले त्यसमा सघाउने भयो । खेलाडी छनोटका लागि एन्फा उपाध्यक्ष कृष्ण थापा संयोजकत्वमा समिति गठन भयो । कोरोनाको दोस्रो भेरियन्ट सुरुअगावै देशभरबाट १ सय ६६ बाट ७१ खेलाडी छनोट भए । लगत्तै कोरोना महामारी सुरु भयो । तैपनि भित्रभित्रै छनोट चलि नै रह्यो ।
७१ बाट ४२ जना अन्तिम चरणमा छनोट गर्नुपूर्वको काममा लकडाउनले केही प्रभाव पार्यो । संयोजक कृष्ण थापा अन्तिम ४२ को नामावली छनोट नगरी घरायसी भेटघाटका लागि पोखरा हानिए । त्यही समयमा विभागीय टिमबाट खेलाडी भर्ना गर्नुपर्ने भन्दै अन्तिम नामावलीका लागि एन्फामा ताकेता भयो । आफूहरुका कारण खेलाडीको भविष्य अन्यौलमा नपरोस् भनेर एन्फाले तयारी तीव्र बनायो । लकडाउनकै बीच भर्चुअलमाध्यम ‘जुम मिटिङ’ बसेर ७१ बाट ४२ जनाको नाम सार्वजनिक भयो । जुम बैठकमा विद्युत समस्याका कारण संयोजक सामेल भएनन् । उनको उपस्थितिबिना नै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित सदस्यको उपस्थितिमा नाम सार्वजनिक भयो ।
खेलाडी छनोट समिति संयोजक एन्फा उपाध्यक्ष कृष्ण थापाले आफू उपस्थिति नभएको बैठकले गरेको निर्णयमा आपत्ति जनाएका हुन् ।
यता, संयोजक थापा भने राति मोबाइल खोलेर हेर्दा खेलाडीको अन्तिम नामावली देखेर तीनछक परे । संयोजकलाई थाहा नदिई, सल्लाह नगरी गरिएको निर्णय र आफ्नो हस्ताक्षर नभएको अन्तिम नामावलीप्रति उनले आपत्ति जनाए । एन्फा अध्यक्ष शेर्पाले एकलौटी रूपमा खेलाडी छनोट गरेको थापाको आरोप छ । थापाले सामाजिक सञ्जालबाटै विरोध जनाए । उनले एन्फा अध्यक्षको उपस्थितिमा भएको कार्य अवैधानिक भएकोसम्म भन्न भ्याए ।
खेलाडी छनोटपछि पनि उनी शान्त छैनन् । खेलाडी छनोटमा चिठ्ठा रोजिनुले ‘शक्तिको अगाडि सत्य झुकेको’ उनको भनाइ छ । ‘पावरको अगाडि मेरो कुरा यतिकै सेलायो,’ थापाले भने, ‘सबै पदाधिकारी मिलेर गरेको छ गरोस्, म अझै भन्छु यो सिस्टम अनुसार होइन ।’ कुन आधारमा छनोट गर्यो भन्ने अझै उनलाई चित्त बुझेको छैन । ‘एन्फामा बेतिथि चाहीँ पक्का छ । सबै एक पक्षमा लागेर खेलाडी बाँडिसके,’ उनले भने, ‘अब उनीहरुको भविष्यका लागि पनि म बोल्दिनँ, यस्तो मुद्दा मामिलामा जाने कुरा पनि भएन ।’
यसैबीच, संयोजक थापालाई पटक–पटक फोन गर्दा समेत उपस्थित नभएपछि एन्फाको युवा विकास समितिले छनोट प्रक्रिया अगाडि बढाएको एन्फा अध्यक्ष शेर्पाको दाबी छ । उनले थापालाई पठाएको इमेल, जुम मिटिङको लिंक , म्यासेज र फोन कलको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएका छन् । विद्यार्थीको भविष्य मध्यनजर गर्दै प्राविधिक टिमले निर्णय गरेको हुँदा कुनै नियमविपरीत नभएको उनको भनाइ छ । ‘जहाँसम्म सिग्नेचर (हस्ताक्षर) को कुरा छ, जुम मिटिङमा कसरी सिग्नेचर लिने ?’ उनले भने ।
आफूहरुले प्रक्रिया पुर्याएर खेलाडी छनोट गरेको एन्फा उपाध्यक्ष एवं युवा विकास समिति संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए । ‘हामीले सबैको परामर्श र मेडिकल रिपोर्ट हेरेर छनोट गरेका हौं,’ उनले भने, ‘अध्यक्षज्यूले कृष्ण दाइलाई पनि खबर गर्नुभएको थियो, उहाँ विद्युत नभएकाले नआनुभएको जानकारीमा आयो ।’ एक्कासि विरोध गर्दा अचम्म लागेको उनको भनाइ छ । विभागीय स्कुलमा भर्ना गर्न ढिलो हुने भएकाले सबैको परामर्शमा खेलाडी छनोट गरिएको सिंहले प्रष्ट पारे ।
चिठ्ठामार्फत छात्रवृत्ति पाउनेमा सैनिक महाविद्यालयतर्फ सुशील बर्मासानी (गोलरक्षक–धनुषा), दीपेश डुम्जन (सर्लाही), किसन थापा (स्याङ्जा), भुवन कामी (मकवानपुर), दीपक बिक (बर्दिया), अफरोज अली (स्याङ्जा) र अनुभव पुरी (सिन्धुली) छन् । यसैगरी, नेपाल पुलिसमा दीप्सन परियार (गोलरक्षक–पर्वत), प्रशान्त मोक्तान (सर्लाही), लक्ष्मण थामी (दोलखा), निश्चल थामी (दोलखा), मिजास श्रेष्ठ (कास्की), भुपेश लामा (धनुषा) र पर्वत मगर (दोलखा) छन् भने एपिएफतर्फ विवश विक (गोलरक्षक–स्याङ्जा), उत्सव थापा (झापा), दतिन राई (इटहरी), दमरा बिक (सर्लाही), तेन्जिङ शेर्पा (काठमाडौं), अनुज श्रेष्ठ (सिन्धुली) र विवेक पासिमा थारु चौधरी (नवलपरासी) छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१