लम्साल स्मृतिमा शोकसभा

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
Local

स्याङ्जा । पुतलीबजार नगरपालिका १ लगनतुम निवासी जिम्वाल बुवा अर्थात शालिकराम लम्सालको १३ दिनको पुण्यतिथिमा बुधबार शोकसभा गरिएको छ । नेपाली कांग्रेस वडा कार्यालयको आयोजनमा आयोजित शोकसभामा नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको संगठन बिस्तारमा जिम्वाल बुवाले पुर्‍याएको योगदानको चर्चा गरे । लम्सालको प्रेरणा र मार्गदर्शन आगामी दिनका लागि प्रेरणादायी बन्ने उनले बताए ।

शोकसभामा महासमिति सदस्य हीरादेवी शर्मा, कांग्रेस नेता चन्द्रमणि पौडेल, स्व. लम्सालका छोरा भोलानाथलगायतले कुशल अभिभावक गुमाउनु परेको भन्दै दुख व्यक्त गरे ।

नेपाली कांग्रेस वडा नं. १ का सभापति उत्तमप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडा सदस्य विष्णुप्रसाद श्रेष्ठले गरेका थिए ।

लम्सालकोे ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । उनका ३ श्रीमती, ७ छोरा र बुहारी, ३ छोरी र ज्वाइँहरु र दर्जनौं नातिनातिना छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width