कास्की कांग्रेसको बिपी विपत् कोष

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८

पोखरा । नेपाली कांग्रेस कास्कीले बिपी विपत् कोष स्थापना गर्ने भएको छ । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्मा जनतालाई सहयोग गर्न विभिन्न व्यक्तिसँग ८ चरणमा गरिएको छलफलपछि प्राप्त सुझाव आधारमा कोष स्थापनाको निर्णय गरिएको प्रवक्ता नवीन सिग्देलले बताए ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मंगलबार बसेको बैठकले कोष स्थापनासँँगै सोको लागि आर्थिक सहयोग अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजार बढी परिचालित गर्ने निर्णय गरेको छ ।

कास्की कांग्रेस सभापति केसीले क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहेका सबैलाई कोष निर्माणका लागि जुट्न आह्वान गरेका छन् ।

विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा कांग्रेस कास्कीले जिल्लाका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको थियो ।

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपतमा जनतालाई सहयोग गर्न कास्की कांग्रेसले कोष स्थापना गर्ने निर्णय गरेको हो

कोरोना संक्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, दीर्घरोगीलाई औषधी किन्न र भदौ २४ मा वीपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका १ हजार जनालाई सहयोग गर्ने भएको छ ।
सरकारका अलोकतान्त्रिक र असंवैधानिक गतिविधिसँगै स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचार र सरकारको गैह्रजिम्मेवारीबारे जनतालाई जानकारी दिन भदौ २४ देखि असोजभित्र घरघरमा पर्चा पठाउने निर्णय गरेको छ ।

साउन ६ मा वीपी स्मृति दिवसको दिन वृक्षरोपण गरिनेछ । त्यस दिन शुभेच्छुकलाई आआफ्नै घरमा वर, पीपल, समी, निमपत्ताका बिरुवा रोप्न र रोपेपछि आफ्नै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्न अनुरोध गरिएको छ ।

बैठकले पोखरा ३२ मजुवामा अव्यवस्थित रुपमा कोरोना संक्रमितको दाहसंस्कार गरिँदा दुर्गन्ध फैलिएको गुनासो स्थानीयले गरेकाले तत्काल अनुगमन गरी व्यवस्थित बनाउन माग गरेको छ । साथै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा सुत्केरीसहित ६ जना बिरामीको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता घटना नदोहो¥याउन चेतावनी दिएको छ ।

बैठकले कास्की कांग्रेसले सञ्चालन गरेको एम्बुलेन्सका लागि २ गाडी उपलब्ध गराएर सहयोग गर्ने नेपाली कांग्रेस महिला विभाग सदस्य मिलन थापा र युवा व्यवसायी ध्रुव थापाप्रति आभार व्यक्त गर्नुका साथै कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width