पोखरा । सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको छ।
जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो । यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने छ।
जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्।
राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौं– दोहा– काठमाडौं उडान भर्ने छ। यस्तै, हरेक हप्ताको बुधबार काठमाडौं–दिल्ली काठमाडौं उडान भर्ने छ।
यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौं– इस्तानबुल उडान भर्ने छ। कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा– काठमाडौं– दोहा उडान भर्ने छ।
एयर इन्डियाले हरेक हप्ताको शुक्रबार दिल्ली– काठमाडौं– दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिए पछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उाडनहरु रोकेको थियो । यसबीचमा नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान भर्दै आएका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लबलाई स्मार्ट टिभी
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
संरक्षण थालिएको ताल नै सुकेपछि…
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१