पोखरा । कोरोना भाइरस रोगको रोकथामका लागि सुआहारा परियोजनाले विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । युएसएआइडीको आर्थिक सहयोग, हेलेन केलर इन्टरनेसनलको व्यवस्थापन र नेपाल सरकारसँगको समन्वयमा सञ्चालित सुआहारा परियोजना मार्फत् स्वास्थ्य सम्बन्धी आधारभूत सुरक्षाका सामग्री प्रदान गरिएको परियोजनाका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिए ।
परियोजनाले गण्डकी प्रदेशस्थित स्वास्थ्य सामग्री आपुर्ति केन्द्रका लागि सर्जिकल मास्क १० हजार थान, एन नाइन्टी फाइभ मास्क ३ सय थान, ५ सय एमएलका ५० बोटल स्यानिटाइजर रसय थान पिपिइ सेट लगायतका स्वास्थ्य सामग्री प्रदेश संयोजक जिसीले प्रदेश स्वास्थ्य सामग्री आपूर्ति केन्द्रका जनस्वास्थ्य प्रशासक नवराज पौडेललाई हस्तान्तरण गरे ।
यस्तै परियोजनाले कोरोना भाइरस रोग (कोभिड १९) को महामारीको बेलामा कार्यक्षेत्रको अग्रभागमा रहेर स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका स्थानीय तहका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्ष्य गरी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको जनाएको छ ।
परियोजना लागु भएका ६ जिल्लाका लागि सर्जिकल मास्क १ लाख ८० हजार ८ सय ८४ थान, स्यानिटाइजर एक सय एमएलको ३ हजार ६ सय ५ बोटल, ५ सय एमएलको ३ सय ३४ बोटल, पिपिइ सेट २ सय ७० थान वितरण भइरहेको प्रदेश संयोजक जिसीले बताए ।
परियोजना लागुभएका गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, म्याग्दी, गोरखा, लमजुङ र नवलपुर का ५४ वटा स्थानीय तहमार्फत् स्वाथ्यकर्मीलाई उपलब्ध गराइदिने परियोजनाले जनाएको छ ।
परियोजनाको स्थानीय साझेदार संस्थाहरु दियालो गैससले स्याङ्जामा, गाजा डेभलपमेन्ट फाउन्डेसनले बागलुङमा, मिलन म्याग्दीले म्याग्दीमा, पद्धति विकास सेवा केन्द्रले गोरखामा, आरसिडिसी नेपालले लमजुङमा र बेस नेपालले नवलपुरमा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।
यसैबीच, एककिृत पोषणको क्षेत्रमा काम गरिरहेको सुआहारा परियोजनाले १६ वटा स्थानिय एफ एम स्टेसनहरुबाट कोभिड १९ सम्बन्धी सचेतनामूलक रेडियो सञ्चार अभियान सञ्चालन गरिरहेको जनाएको छ । परियोजनाका १ सय १६ जना फिल्ड कर्मचारीहरु मार्फत तोकिएको निर्देशिका अनुरुप परियोजना लागुभएका जिल्लाका घरधुरीहरुमा पोषण तथा कोभिड १९ सम्बन्धी सन्देशमूलक सन्देशसहित दैनिक टेलिफोन परामर्श गर्ने काम भइरहेको जिसीले बताए । जसका कारण शंका लागेका बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन निकै सजिलो भएको स्वास्थ्यकर्मीको बुझाइ छ । परियोजनाले स्याङ्जा, म्याग्दी र गोरखा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुमा कोभिडको सूचना व्यवस्थापनको लागि जनशक्ति समेत उपलव्ध गराएको छ ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१