एमाले गण्डकी संसदीय दलकाे बैठक बस्दै

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
UML

पाेखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूझ दर्ता अविस्वास प्रश्तावमाथि मतदानकाे अघिल्लाे दिन आज सत्तारुढ नेकपा एमालेकाे संसदीय दलकाे बैठक बस्दै छ ।

दलकाे कार्यालय नदीपुरमा केहिबेरपछि बैठक सुरु हुनेछ । आगामी संसदीय गतिबिधि र सम्भमवित घटनाबारे छलफल हुने प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

‘बैठक अनाैपचारिक हाे । कुनै विशेष एजेण्डा छैन,’ उनले भने, ‘सम्भावित राजनीतिक घटनामा छलफल हुन्छ ।’

श्राेतका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएर जान सक्ने सम्भावना पनि छ । अधिवेशनकाे पूर्वसन्ध्यामा बस्न लागेकाे बैठक निकै महत्वका साथ हेरिएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width