लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
IMG_2383

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका क्षेत्र भित्र बुधबार २२ गते राति १२ बजेदेखि वैशाख ३१ सम्म लकडाउन जारी गरेको थियो ।

लकडाउन भएपछि बेनी बजारमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द छन् । तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यास लगायत अत्यावश्यक सामग्रीका पसलहरु बिहान ७ देखि १० सम्मका लागि मात्र सञ्चालन भएका छन् । लकडाउन भएपछि बिहीबार बिहानदेखि बेनी बजार सुसान छ ।

बजारका विभिन्न चोकमा सुरक्षाकर्मी खटिएका छन् । यसैगरी बेनी बजार भित्रने मुख्य नाका कालीपुलमा सुरक्षा जाँच कडा बनाइएको छ । बिहानैदेखि सार्वजनिक र निजी गाडी चलेका छैनन् । भने मालवाहक गाडी आंशिक रुपमा चलेका छन् । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु खुलेका छन् ।

लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरु थोरै कर्मचारी उपस्थित गराएर सञ्चालन हुने भए पनि सहकारी तथा बिमा कम्पनीका शाखा भने बन्द छन् । यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसका आधारमा निर्माण व्यवसायीहरुले निश्चित ठाउँमा बस्ने प्रवन्ध मिलाउन भनिएको छ । जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।

तस्बिरः साधन राम्जाली/आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width