जनमोर्चाका सांसद शाही हराएको भन्दै संसदको कारवाही रोक्न निवदेन

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
khim-bikram-shahi

सांसद खिमविक्रम शाही । फाइल फाेटाे

पाेखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको भन्दै सोही दलकी सांसद पियारी थापाले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी छन् ।

उनले दर्ता गरेको निवेदनमा शाहीको अवस्था अज्ञात रहेको र निजको जीवनरक्षाका लागि समेत माग गरेकी छन् ।

शाहीका स्वकीय सचिव मीलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । के समस्या हो भनेर उनले खुलाएका छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width