राजीव पहारीसहित गण्डकीका ३ सांसदलाई कोरोना, बैठक स्थगित नहुने

प्रकाश ढकाल
वैशाख १५, २०७८
parle pcr 3 (1)

पोखरा ।  गण्डकीका ३ सांसदलाई कोरोना पुष्टि भएको छ ।

सत्तारुढ एमालेका २ र कांग्रेसका १ सांसदमा कोरोना पुष्टी भएको हो । एमालेका राजीव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना देखिएको हो ।

कर्मचारी सुष्मा गुरुङ पनि कोभिड पुष्टि भएको छ ।

कोरोना देखिएका सांसदहरु संसद बैठकमा बोल्न पाउँदैनन् ।

तर उनीहरुलाई मतदानको अधिकार भने सुरक्षित रहन्छ ।

सुरक्षित भएर संसद भवनभित्र छिर्ने र मतदानको व्यवस्था मिलाउने सहमति कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको छ ।

एमालेले सांसदको पिसिआर विना संसद नचलाउन माग गरेपछि मंगलबार नै उनीहरुको स्वाव लिईएको थियो ।

बुधबार विहान आएको रिपोर्टमा ४ जनाको रिपोर्टले कोभिड पुष्टि गरेको छ ।

सांसद, कर्मचारी र सुरक्षाकर्मी सहित १ सय ५३ जनाको स्वाव लिईएको थियो । आज १ बजेदेखि बैठक भने नियमित सन्चालन हुन्छ

Related News

सम्बन्धित समाचार

hero news full width