सांसद पद खोसिएका ४ मन्त्रीको आज फेरि शपथ

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
mantri

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको आज फेरि शपथ ग्रहण हुने भएको छ।

एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि आज साँझ शपथ लिने भएका हुन्।

उनीहरुको साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथको कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

माओवादी परित्याग गरेपछि उनीहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। त्यसपछि पार्टीबाट कारबाही गरेपछि संसदले उनीहरुको पदमुक्त गरेको थियो। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

हिजो प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए।

अब सांसद पद नभई मन्त्रीमा नियुक्त भएपछि उनीहरुको कार्यकाल ६ महिना हुनेछ। कार्यकाल बढाउनका लागि उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएको हुनुपर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width