पोखरा । कस्मेटिक व्यवसायी संघ कास्की अध्यक्षमा प्रेमप्रसाद सुवेदी निर्वाचित भएका छन् । संघको पोखरामा शनिवार भएको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा दुर्गा बराल, द्वितीय उपाध्यक्ष लक्ष्मण आचार्य, महासचिव शारदा भुजेल, सचिव महेन्द्र पौडेल, कोषाध्यक्ष हेमराज बराल र सहकोषाध्यक्ष सञ्जीव श्रेष्ठ रहेका छन् ।
सदस्य पुष्पा मरासिनी, नुमकला भट्टराई, मुक्तिराम दाहाल, दुर्गाबहादुर घर्ती, पूर्णिमा लम्साल, इन्दु रेग्मी र नारायण कोइराला निर्विरोध निर्वाचित भए ।
साधारण सभा उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य डा पुष्पा केसी भण्डारीले कस्मेटिक व्यवसायीका समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइराला, संघका उपमहासचिव केशवबहादुर खत्री, सदस्य हरिराज पन्त र राष्ट्रिय सौन्दर्यकर्मी कास्की अध्यक्ष गंगादेवी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
कस्मेटिक व्यवसायी संघ अध्यक्ष उमापति ढकालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण आचार्य र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष प्रेमप्रसाद सुवेदीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१