४० कटेका गृहिणीबीच वकृत्वकला

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७७

पोखरा । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा पोखरा महानगरपालिकाले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ‘लैंगिक समानताको निम्ति महिला र पुरुषको भूमिका’ शीर्षकमा फागुन २४ मा सो प्रतियोगिता हुने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

अवसरबाट वञ्चित गृहणीको प्रतिभा उजागर गर्ने उद्देश्यले हुने सो प्रतियोगितामा महानगर सामाजिक विकास महाशाखाले सहभागीको छनोट, आधार र मापदण्ड छुट्टाउने छ । प्रतियोगितामा भाग लिने गृहिणी ४० वर्षमाथिको हुनुपर्ने भने संघसंस्थामा प्रमुख भूमिकामा रहेकी महिलालाई छनोट गरिने छैन ।

पोखराका ३३ वटा वडाबाट २ जना दरले सहभागिता हुन पाउने सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले बताइन् ।

प्रथमले १५, द्वितीयले १० हजार, तृतीय ८ हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । प्रतियोगिता बुधबारसम्म छ ।
कार्यक्रममा सहभागी हुने आमा समूहमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार समेत प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै