पाेखरा । विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी शैक्षिक सत्र असार १ गते सुरु हुने भएको छ भने २०७८ चैत मसान्तभित्र सबै परीक्षा सम्पन्न गर्नुपर्नेछ।
केन्द्रले चालु शैक्षिक सत्रको परीक्षा जेठ मसान्तभित्र परीक्षा सक्न र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।
निर्देशनमा उल्लेख छ, ‘आगामी शैक्षिक सत्र २०७८ असार १ गतेबाट सुरु गरी सो शैक्षिक सत्रको पठनपाठन र परीक्षासमेत साविकमा झैं चैत मसान्तसम्म सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयनमा लैजाने व्यवस्था गराउन।’
विगतमा शैक्षिक सत्र वैशाख १ गते सुरु भई चैत मसान्तमा सकिँदै आएको थियो। यस वर्ष कोरोना महामारीका कारण २ महिना घटाइएको हो।
यस्तै चालु शैक्षिक सत्रको पठनपाठन २०७८ वैशाख मसान्तभित्र सक्न र जेठ मसान्तभित्र सबै तहका परीक्षा सम्पन्न गर्न पनि निर्देशन दिएको छ।
कोरोना भाइरस महामारीका कारण सरकारको निर्देशनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको केन्द्रको सूचनामा उल्लेख छ।
यस वर्षको एसईई जेठ १५ गतेदेखि गर्ने निर्णय सरकारले यसअघि नै गरेको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१