पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–ؘ२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । निकै रोमाञ्चक बनेको खेलमा गण्डकी प्रदेशले पहिलो २५–२२ ले जितेको थियो । दोस्रो सेट २५–२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा निकै प्रतिस्पर्धात्मक भयो । उक्त सेटमा गण्डकीले ३२–३० को जित निकाल्यो । २–१ सेटले अगाडि बढेको गण्डकीलाई तेस्रो सेटमा आर्मीले २५–२३ ले पाराजित ग¥यो । फाइनल सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो पक्षमा बनाएको हो ।
पोखराको टाइगर ग्रुपले गरेको प्रतियोगितामा पुरुषतर्फ गण्डकी र महिलातर्फ नेपाल पुलिस क्लब विजयी
उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।
महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफ ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा पुलिसले डर्बी क्लब एपिएफमाथि पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेट २५–२२ ले पछि पारेको पुलिसले तेस्रो खेल २५–२१ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको एपिएफले ७५ हजारमा चित्त बुझायो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगितामा महिला तर्फ न्यु डायमन्ड तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भएको हो । पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो र एपिएफ चौथो भएको हो । महिला र पुरुष दुवैतर्फ तेस्रो हुनेले समान २५ हजार र चौथो हुने दुवै टिमले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।
चौधरी र भण्डारी सर्वोत्कृष्ट
टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
सर्वोत्कृष्ट बनेका चौधरी र भण्डारीले समान २०–२० रुपैयाँहजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै पुरुषको विधागत पुरस्कारतर्फ उत्कृष्ट स्पाइकरमा आर्मीका धनबहादुर भट्ट, आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर तथा आर्मीकै शरणसामरी क्षेत्री उत्कृष्ट सर्भर चुनिए । गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर र गण्डकीकै राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर हुँदा गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक बने ।
महिलातर्फको विधागत तर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर चुनिइन् । एपिएफकै हीरा केसीले उत्कृष्ट ब्लकरको उपाधि हात पारिन् । न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भइन् । नेपाल पुलिसका नितेष विष्ट उत्कृष्ट प्रशिक्षक भए ।
महिला र पुरुषतर्फको विधागतरुपमा चुनिएकाहरुले समान ५–५ हजार नगद प्राप्त गरे । गत माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा महिला र पुरुषमा ४–४ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
दुआथलनमा टमटा र खड्का विजयी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१