कान्तिपुर डेन्टलको वार्षिकोत्सवमा शिविर

आदर्श समाज सम्वाददाता
माघ २३, २०७७
news kantipur

पोखरा। कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसले २१ औं वार्षिकोत्सव तथा पोखरास्थित कान्तिपुर डेन्टल हस्पिटलले १७ औं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा पोखरामा माघ १८ देखि २३ सम्म मुख तथा दन्त स्वास्थ्य सेवासम्बन्धी निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले अस्पताल तथा इन्ष्टिच्युटको अहिलेसम्मको कार्य तथा प्रगतिप्रति सन्तुष्टि रहेको जनाए ।

संथाका पब्लिक हेल्थ अफिसर शर्मिला शर्माले दन्त स्वास्थ्यलाई सर्वसुलभ रुपले सशुल्क, निशुल्क र विशेष छुटमा सेवा दिँदै आएको जानकारी दिइन् । उनले ज्येष्ठ नागरिक अति विपन्न परिवार अपांगता भएका व्यक्ति र पत्रकारलाई पनि विशेष छुटको व्यवस्था गरेको जनाइन् ।

प्रशासन प्रमुख सीता श्रेष्ठका अनुसार अस्पतालबाट हालसम्म करिब ३ हजार निशुल्क दन्त शिविर सञ्चालन गरिएको र जसमध्ये २५ लाख जनाले सेवा लिएका छन् । यस्तै, करिब ११ लाख जनाले अस्पतालभित्र ओपिडी सेवा तथा परामर्श लिएको जनाइएको छ ।

कार्यक्रममा अस्पतालका म्यानेजर वृष्टि गुरुङ श्रेष्ठ, प्रशासनिक सहायक सुशीला गुरुङले बोलेका थिए ।

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसले २०६२ सालदेखि डेन्टल हाइजिन तथा २ वर्षदेखि डिप्लोमा इन फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी तथा डायग्नोस्टिक रेडियोग्राफी शिक्षा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width