पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जहाँ केपी शर्मा ओली, त्यहिँ चुनाव सूर्य चिह्न हुने बताएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘पार्टीको अवस्था स्थिर नभएको अवस्थामा कार्यकर्ताहरु सूर्य चिह्न जता हुन्छ त्यता लाग्ने कुरेर बसेका छन्,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस् केपी ओली जता हुन्छ, सूर्य चिह्न त्यतै हुन्छ ।’ उनले विघटित संसद पुनस्र्थापना नहुने पनि दाबी गरे । ‘संविधानमै काम गर्न असहज भए संसद विघटन गर्न पाउने अधिकार छ,’ मुख्यमन्त्रीले भने, ‘पार्टी अध्यक्षले अधिकार प्रयोग गर्नुभएको हो, अब पुनस्र्थापना हुने आधार मैले देखेको छैन ।’
आफ्नै पार्टीका शीर्ष नेताहरुले काम गर्न नदिएको उनको आरोप थियो । नेपाली कांग्रेसले सरकारको विरोध गर्न कुनै एजेन्डा नै नपाएको बेला आफ्नै पार्टीका शीर्ष नेताले एजेन्डा प्रस्तुत गरिदिएको उनको भनाइ थियो । केपी ओलीले गरेको काम प्रचण्ड र माधव नेपालले नदेखेको मुख्यमन्त्री गुरुङको आरोप थियो । ‘कोरोनाको बेला धेरै काम भएका छन्,’ उनले भने, ‘सुरुमा पिसिआर चेक गर्न विदेश जानुपर्ने बाध्यता थियो, अहिले देशभरमा ६८ स्थानबाट पिसिआर चेक हुन्छ ।’ प्रत्येक पालिकामा अस्पताल बनाउने गरी शिलान्यास भएको बताउँदै गरेका कामहरुको समीक्षा गर्नुभन्दा को प्रधानमन्त्री बन्ने को अध्यक्ष बन्ने विषयमा सल्लाह गरेर समय बर्वाद गरेको उनले बताए ।
पार्टीको अवस्था स्थिर नभएको अवस्थामा कार्यकर्ताहरु सूर्य चिह्न जता हुन्छ त्यता लाग्ने कुरेर बसेका छन्
पूर्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शीर्ष नेताको पदलोभको कारण पार्टीको यो स्थिति आएको बताए । माथिल्लो तहका नेताहरु मिल्नुपर्नेमा आफू केन्द्रित हुँदा समस्या भएको उनको भनाइ थियो । पदको भागबन्डा गरेर अगाडि बढ्न खोज्दा राजनीतिक उथलपुथल भएको उनी बताउँछन् । ‘पार्टीका शीर्ष नेताहरु खुमलटारमा जम्मा भएर पदकोे भागबन्डा गरेर अगाडि बढ्न खोज्दा कुरा बिग्रियो,’ उनले भने ‘आफू केन्द्रित भएर आजको आजै नगदी कारोबार गरे जस्तो व्यवहार उहाँहरुले गर्नुभएको हो ।’
नेकपा केन्द्रीय सदस्य क्या. लालकाजी गुरुङले केपी ओली सरकारको पछिल्लो कामको मूल्यांकन गर्दै अगाडि बढ्न आग्रह गरे । भूपू सैनिकहरुले हरेक क्षेत्रमा सहगोग गरे पनि पार्टीले भनेजस्तो मूल्यांकन नगरेको गुनासो गरे । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, प्रदेश कमिटी अध्यक्ष सु. मनबहादुर गुरुङले पार्टीका शीर्ष नेताहरुको खिचातानीले गाह्रो परेको बताए ।
पार्टी एकीकरणपछि भूपू सैनिक तथा प्रहरी विभाग हेर्ने पूर्व माओवादीबाट भएको कारण कुनै काममा पनि सहयोग नभएको उनको गुनासो थियो । केपी ओलीकै नेतृत्वले आफूहरुको समस्या समाधान गर्ने भन्दै आगामी बैशाखमा हुने निर्वाचनका लागि तयार रहन उनले भूपू सैनिक तथा प्रहरीलाई आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१