काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ।
बैंकले गत शुक्रबार खुला गरेको आईपीओमा १५ लाख २९ हजार ४६० आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो। आईपीआोमा परेको यो अहिलेसम्म सबैभन्दा धेरै आवेदन हो।
यसअघि चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढीको आवेदन परेको थियो।
बैंकले सर्वसाधारणका लागि सात करोड ५८ लाख ४० हजार कित्ताको लागि आवेदन माग गरेको थियो। मंगलबार बैंंकको अन्तिम आवेदन दिने म्याद भएको र मेरो सेयरमा समस्या आएका कारण सीडीएससीले एक घण्टा समय थपेको थियो।
बैंकले जारी पुँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो।
त्यसमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। आठ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१