पोखरा । फेवाताल बीचको तालवाराही मन्दिर प्रमुख धार्मिक एवं पर्यटकीयस्थल स्थल हो । अहिले भने ताल वाराही विवादमा तानिएको छ । स्थानीयसँग समन्वय नगरी ताल बाराही गुठी व्यवस्थापन समितिले फोटोग्राफी र फूल प्रसाद कक्ष भाडामा दिने विषयमा कोटेसन र टेन्डर खुलाएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
गत पुस ९ मा फोटोग्राफीका लागि १५ दिने कोटेसन र फूलप्रसाद कक्षका लागि ३० दिन म्याद राखेर टेन्डर आह्वान गरिएको थियो । समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले प्रत्येक २ वर्षमा टेन्डर खुलाएर काम गर्दै आएकोमा यसपालि कोरोना महामारीका कारण केही ढिला भएको बताए ।
फोटोग्राफीको लागि ६ कम्पनीको कोटेसन परेको थियो । ६ कम्पनीमध्ये ३ वटा पोखरा र आसपासका छन् । ती कम्पनीलाई राखेर पुस २३ गते सम्झौता गर्ने भनी बोलाइएको भेलामा स्थानीयले बाहिरका कम्पनीलाई दिन नहुने र पोखरेलीले नै पाउनुपर्ने भन्दै बवन्डर मच्चाएका थिए । टेन्डर नै खोलिसकेपछि नियमसंगत जानुपर्ने समिति अध्यक्ष कुँवरको जिकिर छ । उनले गुठी संस्थानका सहायक प्रशासकसँग मौखिक सल्लाह गरेर कोटेसन आह्वान गरेको गरिएको बताउँछन् ।
‘अघिल्ला वर्षमा मौखिक सल्लाहमै कोटेसन आह्वान गरिँदै आएको हो,’ उनले भने, ‘यो वर्षसंस्थानका सहायक प्रशासकसँग मौखिक सल्लाहमा हुन्छ भन्ने आशय आएर अगाडि बढेका थियौं ।’ समितिले मासिक १६ हजार रुपैयाँ नघट्ने गरी कोटेसन आह्वान गरेको हो ।
यसैबीच, विवाद बढेपछि पोखरा महानगरपालिका वडा ६ कार्यालयले फाइल तानेको छ । वडाध्यक्ष जगतबहादुर पहारीले गत पुस २३ गतेदेखि विवाद भएपछि आफूहरुको समन्वयमा पुस २६ गते सबै ६ फाइल शिलबन्दी गरेर वडामा राखेको जानकारी दिए ।
‘कोटेसनमा विवाद देखिएपछि समाधान खोज्न वडाले फाइल तानेर राखेको हो,’ वडाध्यक्ष पहारीले भने, ‘हामीले पनि फाइल ल्याएर जस्ताको तस्तै राखेका छौं । कोटेसन हाल्न मिल्ने–नमिल्ने बुझिरहेका छौं ।’ गुठीका जग्गामा निर्मित संरचनामा टेन्टर र कोटेसनका लागि आह्वान गर्न पाउने अधिकार छ कि छैन भन्ने विषयमा गुठी संस्थानसँग जवाफ मागिएको उनले बताए । ‘गुठी संस्थानबाट अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने, ‘संस्थानबाट आधिकारिक पत्र आएपछि कामकारबाही अगाडि बढाउँछौं ।’ विवादपछि दुवै पक्ष राखेर छलफल गरी विवाद कम गर्नतर्फ लाग्ने उनले बताए । यस विषयमा मन्दिर व्यवस्थापन समितिले पनि वैधानिकता खोजेर अगाडि बढ्नुपर्ने उनको जोड छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१