क्यान्सर बिरामीलाई निशुल्क यातायात

आदर्श समाज संवाददाता
पौष २७, २०७७
cancer news

पोखरा । नेपाल अर्बुदरोग निवारण संस्था कास्की र नेपाल एसोसिएसन अफ टुर्स एनड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीले क्यान्सर रोगबाट प्रभावित बिरामी र निजको उपचारमा संलग्न सहयोगीलाई निशुल्क यातायात सेवा दिने भएको छ ।

राष्ट्रिय एकता दिवसको अवसर एवं विश्व क्यान्सर दिवसको पूर्व सन्ध्यामा संस्थाले उनीहरुको लागि पोखरादेखि काठमाडौं तथा पोखरादेखि भरतपुरसम्म जाने–आउने दुवैतर्फको यातायात निःशुल्क हुने गरी बस सेवा शुभारम्भ गर्ने जनाएको हो ।

नेपाल अर्बुद रोग निवाण संस्था कास्की सभापति प्रेमबहादुर भुजेल र नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले उक्त यातायात सेवा निशुल्क शुभारम्भ गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विश्व क्यान्सर दिवस (फेब्रुअरी २) अवसरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने संस्थाका सचिव डिल्लीप्रसाद शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width