पोखरा । बालहितकारी परियोजना नेपाल ९सिडब्लुएसएन० ले किशोरकिशोरी स्वास्थ्य तथा समृद्धि कार्यक्रमअन्र्तगत वडास्तरीय बालसंरक्षण सम्पर्क व्यक्तिहरुको लागि बाल संरक्षणसम्बन्धी तालिम दिएको छ ।
किडाशाको आर्थिक तथा सहयोग र पोखरा महानगरपालिकाको समन्वयमा ३ दिनसम्म चलेको तालिममा परियोजनाले सहयोग गरेका १० वडाका प्रतिवडा १ जनप्रतिनिधि र १ सामाजिक अभियान्ता रहने गरी २० जनाको सहभागिता थियो । बाल संरक्षण र बाल संरक्षणमा वडास्तरीय बालबालिका सम्पर्क व्यक्तिहरुको भूमिका र बाल अधिकारबारे तालिम केन्द्रित थियो ।
तालिम समापन अवसरमा महानगर प्रवक्ता धनबहादुर नेपालीले बालबालिकाको संरक्षणको क्षेत्रमा महानगर संवेदनशील रहेको र धेरै कार्यपालिकाबाट बालबालिका, बाल क्लब, महानगर तथा वडा बाल मञ्च गठनको निर्देशिका पास भैसकेको र कार्यान्वयनक्रममा रहेको हुँदा अब बालबालिकाको क्षेत्रमा काम गर्न सहज हुँदै गएको बताए ।
वडा ५ का जनप्रतिनिधि एवं बालबालिका सम्पर्क व्यक्ति उज्वल खत्रीले पछिल्लो राज्य पुनःसंरचना भएसँगै तत्कालीन निकाय नहुँदा बालबालिकाको क्षेत्रमा काम गर्न गाह्रो भएको र आममानिसको भौतिक संरचना विकासमात्र अपेक्षा रहँदा पनी बालबालिकामा लगानी कम भएको बताए ।
सामाजिक अभियन्ता वडा ९ बाट भावना श्रेष्ठले तालिमबाट बालबालिकाका, बाल संरक्षणमा धेरै नितिगत तथा व्यवहारिक पक्षहरुको ज्ञान पाएकोे र अब आफ्नो वडामा बालबालिकाका क्षेत्रमा काम गर्न उत्प्रेरणा मिलेको बताइन् ।
तालिममा ओसिएमसीका प्रमुख कविता पौडेल, अधिवक्ता कुञ्जनी परियार, नेपाल प्रहरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक विभाग प्रमुख चुनु गुरुङ, महानगर सामाजिक विकास महाशाखा बालबालिका सम्पर्क अधिकृत विष्णुमाया पौडेल, १०९८ पोखरा प्रमुख शंकर नेपालीले सहजीकरण गरेका थिए ।
बालहितकारी परियोजनाका कार्यक्रम निर्देशक ठाकुर चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालन बाल संरक्षण प्रशिक्षक केशव पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
मानव सेवा अश्रममा खाना खुवाइयो
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१