पोखरा, २९ कात्तिक । ‘जति साइकल चलायो, त्यत्ति आत्मविश्वास बढ्ने । सहकर्मीहरुले पनि टोलीमा एकमात्र महिला म भएकोले अगाडि बढ्न हौसला दिनुहुन्थ्यो’ पोखरा–तिलिचो माउण्टेन बाइकिङ टूर अनुभव सुनाउँदै पत्रकार दुर्गा अधिकारीले भनिन्, ‘केही ठाउँमा साइकल नै बोक्नुपर्ने र धकेल्नुपर्ने अवस्था पनि सिर्जना भयो । कतिखेर त यो दुःख भोग्न किन आइएछ जस्तो पनि लाग्यो, तैपनि समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइको तिलिचो ताल पुगेपछि सबै दुःख बिर्सिएर स्वर्गमै पुगेको अनुभूति भयो ।’
कोरोना महामारी समयमा डेस्टिनेसन, विश्वकै सबैभन्दा उचाइमा रहेको ताल–तिलिचो बन्यो । त्यो पनि साइकलमै । चानचुने विषय थिएन । साहसिक यात्रामा गत साता १० सदस्यीय पोखरेली टोली ‘मुभ’ भयो । ‘तिलिचो माउण्टेन बाइकिङ टूर–२०२०’ मा टोलीका सदस्य साहसिक यो यात्रामा फरक अनुभूति लिएर ६ दिनमै सफलतापूर्वक पोखरा फर्केका छन् । टोलीले पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो अनुभव सेयर गर्दै टूरको भिडियो समेत प्रदर्शन गर्यो ।
वान महासचिव एवं सफलता एफएम प्रबन्ध निर्देशक अधिकारीले सो यात्रा जीवनको महत्वपूर्ण र ऐतिहासिक क्षण बनेको बताइन् । यतिसम्मकै यात्राकै क्रममा उनले आफ्नो जन्मदिन पनि त्यहीँ ‘सेलिब्रेसन’ को मौका पाइन् । चार/पाँच वर्षदेखि साइक्लीङमा रुचि देखाएकी पत्रकार अधिकारीले मानिसले आँट्यो भने जे पनि गर्न सक्छ भन्छिन् । उनका अनुसार यो टूरबाट कोभिड–१९ ले आक्रान्त बनेको पर्यटन क्षेत्र केही भएपनि प्रवद्र्धनमा सकारात्मक सन्देश छर्ने विश्वास छ ।
तिलिचो ताल पुगेपछि सबै दुःख बिर्सिएर स्वर्गमै पुगेको अनुभूति भयो: पत्रकार दुर्गा अधिकारी
अन्नपूर्णको काखमा भइकन पनि पोखरेली टोली अहिलेसम्म माउण्टेन बाइकमा तिलिचो पुगेको थिएन । त्यसकारण कोरोनाका कारण फुर्सदिलो समय सदूपयोग गर्दै माउण्टेन बाइक एड्भेञ्चर प्रालि, पोखराले ‘पोखरा–तिलिचो’ गन्तव्य योजना बनायो । सो योजनामुताविक टोलीमा सबैले खर्चको जोहोका लागि जनही ३० हजार उठाएर गाइडसहित कात्तिक २१ मा फेवातालबाट प्रस्थान गरेको हो।
टोलीका संलग्नमध्ये गाइडबाहेक सबैको लागि तिलिचो नयाँ गन्तव्य थियो । पर्यटन व्यवसायी धरमसिंह लामिछानेको संयोजकत्वमा पत्रकार दुर्गा अधिकारीसहित पर्यटन व्यवसायीहरु जगन विश्वकर्मा, शेखर श्रेष्ठ, निर्माण व्यवसायी विनोद थापा, भर्खरै जर्मनबाट फर्केका कुमार गुरुङ, शिक्षक राजीव पालिखे, विद्यार्थी विश्वास गुरुङ, गाइड लक्ष्मण सुनार र खड्क बिक सहभागी थिए । तीमध्ये सबैभन्दा पाका उमेरका कुमार गुरुङ ४७ र कान्छा विश्वास गुरुङ मात्र १९ वर्षका हुन् । संयोजक लामिछाने भने आमा बिरामी परेको खबरले बीचैबाट फर्किन बाध्य भए । अन्यले गन्तव्य जारी राखे।
माउण्टेन बाइक एड्भेञ्चर प्रालिका संचालक समेत रहेका टोलीका सदस्य जगन विश्वकर्माले कोभिडको कारण सुस्ताएको पर्यटन क्षेत्र केही भएपनि माथि उकास्न यो टूरले सकारात्मक सन्देश दिएको दाबी गर्छन् । अन्य ठाउँबाट तिलिचोमा माउण्टेन बाइक यात्रा भएपनि गण्डकीबाट पहिलो पटक भएको उनको दाबी छ।
विश्वकर्माका अनुसार पोखरादेखि तिलिचो पुगेर कात्तिक २६ मा फर्किँदा कुल ४ सय १८ किलोमिटर यात्रा पूरा भएको छ। जसअनुसार पोखराबाट लमजुङ सदरमुकाम वेसीसहरसम्म जीपपछि साइकलमा क्रमशः वेसीसहर–धारापानी–चामे–मनाङ–श्रीखर्क–वेसक्याम्प–तिलिचो पुगेर टोली सोही रुटबाट फर्किएको हो।
कोरोनाबाट जोगिन टोलीले नेपाल पर्यटन बोर्डको समन्वयमा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेको गाइड लक्ष्मण सुनारले बताए । हाई अल्टिच्यूटबाट सम्भावित जोखिम न्यूनीकरणका लागि २ हजार मिटर उचाइपछि आउने हरेक १ हजार मिटरमा एक रात बास बस्नुपर्ने टोलीको सुझाव छ । यसो गर्दा मानव शरीर पनि सोहीअनुरुप एड्जस्ट हुन्छ । मानिस हाई अल्टिच्यूटबाट तत्काल बिरामी हुने सम्भावना कम हुन्छ ।
साइकललाई यातायातको साधनमात्र नभई यसको बृहत् व्याख्या गर्दै मनोरञ्जन, स्वास्थ्य, शिक्षा, वातावरण र पर्यटनसँग जोड्नुपर्ने टोलीका सदस्यहरुको भनाइ छ । सो यात्राका लागि रेवान पोखरा र सुलभ डिपार्टमेन्टल स्टोर्सले प्रोत्साहन र हौसलास्वरुप टीसर्ट सहयोग गरेको थियो।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१