मनिला, १७ कात्तिक । फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् । दक्षिणी फिलिपिन्सको आइपुइ लुजनको मुख्य टापुमा शक्तिशाली आँधी आएको छ ।
सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको बताइएको छ । यहाँको क्यान्डुआनेस टापुमा अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ । यस क्षेत्रका मात्र करिब चार लाख सर्वसाधारण विस्थापित भएका फिलिपिन्सको विपद व्यवस्थापन विभागका कर्मचारीले जनाएका छन् ।
यस आँधीबाट बिस्थापितहरु अधिकांश सरकारी आवासहरुमा बस्दै आएको अधिकारीहरुले जनाएका छन् ।
यो आँधी करिब २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको बताइएको छ । यसले यहाँका विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्याएको सरकारी अधिकारीहरुले जनाएका छन् । आँधीका कारण पहाडी क्षेत्रमा पहिरो समेत गएको छ । यसका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका बताइएको छ ।
गोनी यस वर्ष फिलिपिन्समा आएको १८ औं आधी रहेको मौसम विभागले जनाएको छ । केही दिनमात्र पनि यहाँ आएको मोलाभ आँधीमा परेर २० जना भन्दा बढीको मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१