काठमाडौ, १२ असाेज । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा तत् मुलुकमा पुगेका थिए ।
केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७, ओमनबाट एक हजार ३२५, बहराइनबाट एक हजार २७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५, अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् ।
स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ६११, प्रदेश नं २ का १२ हजार तीन, वाग्मती प्रदेशका १८ हजार २६४, गण्डकी प्रदेशका नौ हजार ३०, प्रदेश नं ५ का ११ हजार ६११, कर्णाली प्रदेशका एक हजार ५२५ र सुदूरपश्चिम प्रदेशका एक हजार ७४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २२७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१