पाेखरा, ११ असाेज । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि मात्रै रानीवन क्षेत्रमा फुट ट्रेक निर्माणमा लाग्न सकिने बताए । उनले थलिएको पर्यटन क्षेत्र चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम समेत गर्ने आश्वासन दिए ।
४१ औं विश्व पर्यटन दिवस अवसरमा ट्रेकिङ्ग एजेन्टस् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले आइतबार पोखरामा आयोजना गरेको ‘फेवा फुट टे«क: वस्तुगत अवलोकन’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले फेवातालको समस्या समाधान नहुँदा फेवातालका अन्य पूर्वाधारका कार्यले गति लिन नसकेको उल्लेख गरे । उनले पोखरालाई गौरवशाली पोखरा बनाउन यस क्षेत्रको प्रकृति र संस्कृतिको संरक्षण गर्दै जानुपर्ने बताए ।
उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रमा परेको मर्काबारे सरकार गम्भीर रहेको भन्दै यसलाई उकास्न सरकारले छिट्टै प्याकेज ल्याउने आश्वासन दिए । गण्डकीको आधार नै पर्यटन भएकोले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पर्यटकीय क्षेत्र चलायमान बनाउनुपर्ने उनको जोड थियो । रानीवनमा फुट ट्रेक निर्माण गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिनुको साथै जंगल, जल, हिमाल र सहरलाई एकै नजरमा हेर्न सकिने बताए ।
प्रदेश सांसद राजीव पहारीले फेवाताल वरिपरिको १४ किमी फुट ट्रेकका लागि प्रदेश सरकारले ७० प्रतिशत लगानी गरे आफूहरुले स्थानीय पहलमा ३० प्रतिशतको लगानीको जिम्मा लिने बताए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोना छ भन्दै केही नगर्नुभन्दा आवश्यक सतर्कता अपनाएर गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए ।
टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन फुट ट्रेक निर्माणमा बजेट विनियोजित भएपनि काम भने हुन नसकेका कारण सरोकारवालालाई अवलोकन गराएको बताए ।
कोरोना भाइरस (कोभिड–१९) कारण पर्यटकीय क्षेत्र पोखरा ७ महिनादेखि सुनसान छ । केही पर्यटन व्यवसायीले होटल तथा रेष्टुरेन्ट संचालन गरे पनि केही पर्ख र हेरकै अवस्थामा छन् ।
यसैबीचमा परेको पर्यटन दिवसलाई पर्यटन व्यवसायीले फरक ढंगले मनाएका हुन् । उनीहरुले मुख्यमन्त्रीसहित सरोकारवाला निकाय प्रतिनिधि बोलाएर फेवा पारी रानीवनमा समेत फुट ट्रेक बनाउनेबारे प्याडल डुंगासहित तालमा सयर गरेका हुन् ।
आगामी दिनमा सो निर्माण हुन सके पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुने र पर्यटकको बसाइँ लम्बिने आशा छ । तालको दक्षिणी भेग रानीवनमा फुट ट्रयाक निर्माणमा दबाब दिन पर्यटन व्यवसायीहरुले डुंगा सयर गरी सो रेकी गरेका हुन् ।
कार्यक्रममा करिब १० मोटरबोटमा १०० जना सहभागी थिए । आवश्यक सामाजिक दूरी कायम गरिने भनिए पनि सो भएको पाइएन । टोलीमा मुख्यमन्त्रीसहित, मन्त्री, सांसद, पोखराका मेयर, छिमेकी वडाध्यक्ष, पर्यटन व्यवसायी, पत्रकार लगायतको जम्बो टोली थियो । सरकारले कोरोना संक्रमण महामारी बेला यसको न्यूनीकरणका लागि सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला हुन नपाउने पटक–पटक निर्देशन गरे पनि गण्डकी प्रदेश सरकारकै उच्च व्यक्तिहरुबाट सोको उल्लंघन भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१