काठमाडौँ, १० असाेज । गत महिना मुलुकभर १ सय ६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ । ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १ सय ३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो ।
भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइन्छ । बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन् । त्यसैगरी १६ वटा सामाजिक हिंसाजन्य, ६ वटा हत्या, ४ वटा यौन दुव्र्यवहार, ४ मानव बेचबिखन र २ हत्या प्रयासका घटना रहेका छन् । यो अवधिमा एक आत्महत्याको घटना र १ किशोरीमाथि विद्युतीय माध्यमबाट गलत परिचय बनाएर मानसिक हिंसा भएकोे तथ्याङ्क सङ्कलन भएको छ ।
उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका युवती रहेका छन् । यसका आधारमा किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ ।
यसैगरी ४४ जना २६ देखि ३५ वर्ष उमेर समूह, ३२ जना १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी र २५ जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु रहेको पाइएको छ । चार जना ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र दुई जना ५६ वर्षभन्दा माथिका उमेर समूहका प्रभावित रहेका छन् ।
प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ भने ३८ परिवारका सदस्य, २१ छिमेकी, १६ अन्य विभिन्न किसिमका व्यक्तिबाट घटना भएको पाइएको छ । ८ घटनामा आरोपित प्रेमी, ५ वटा सेवा प्रदायक, ३ साथी, २ शिक्षक र १ अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाइएको छ ।
हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना
त्यस्तै हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना छन् । त्यसपछि क्रमशः २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, १७ देखि २५ उमेर समूहका २८ जना, ४६ दखि ५५ वर्ष उमेर समूहका ४६ र ५६ वर्षभन्दा माथिका आठ र १६ वर्षभन्दा कम उमेर समूहका सात जना हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१