सिद्धार्थ गौतम सहकारीले तालचोकमा सेवा केन्द्र शुभारम्भ गरेको छ ।
सहकारीले पोखरा–२७ मा तालचोक सेवा केन्द्र शुभारम्भ गरेको हो । उक्त सेवा केन्द्रको गण्डकी प्रदेश सभा सदस्य एवम् आर्थिक तथा विकास समितिका सभापति दिपक कोइरालाले शुक्रवार उद्घाटन गरेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथि कोइरालाले उत्पादनमा आत्मनिर्भर भए मात्र देशमा आर्थिक समद्धि हुने बताए । साथै उनले सहकारीहरुले उत्पादन तथा रोजगार वृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिए ।
पोखरा–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले पोखरामा ३ सय ५८ सहकारी रहेको र हाल नयाँ सहकारी दर्ता नगरिएको उल्लेख गर्दै वर्तमान संकटको घडीमा सहकारीहरुले आफ्ना शेयर सदस्यहरुको मर्का बुझेर काम गर्नुपर्ने बताए ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीमा एकका लागि सबै र सबैका लागि एक भएर समस्या सुल्झाउनु पर्ने धारणा राखे ।
कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त कोइरालाले सहकारीहरुलाई पनि एकीकरण गरेर मजबूत बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योगपति गोविन्द कर्माचार्य, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम जमरकट्टेल, पोखरा उद्योग वाणिज्य संघका सदस्य चिन्तामणि बास्तोला, समाजसेवी राजेन्द्रमणि लामिछाने र कुलप्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमबहादुर गुरुङले संस्थाले यस क्षेत्रमा सेवा गर्ने जमर्को लिएर आएको उल्लेख गरे । सिद्धार्थ गौतम र धु्रवतारा सहकारी एकीकरण भएको उल्लेख गर्दै उनले एकीकृत कारोबारको शुभारम्भ पनि छिट्टै गरिने जानकारी दिए ।
अमरसिंह चोकमा मुख्य कार्यालय रहेको सो सहकारीले पोखरा महेन्द्रपुलको अन्नपूर्ण सुपरमार्केट र तालचोकमा रहेको सेवा केन्द्रसहित तीन स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।
संस्थाका उपाध्यक्ष जगदीश गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सरिता तिमिल्सिना पगेनीले गरेकी थिइन् । शेयर सदस्य सुनकुमारी गुरुङले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१