व्यास नगरपालिका वडा ६ भत्तेकीका जितबहादुर प्रधानको सात रोपनी खेत साँगे खोलाले कटान गरेर बगरमा परिणत गरिदिएको छ। आफ्नै खेतबाट हुने उब्जनीले साँझ विहान खान पुग्ने प्रधानले अहिले अरुको खेत अधिया बटैयामा लगाउने सोचेका छन्। ‘खेत त सात रोपनी छ। तर, सबै बगरमा छ’ उनले भने ‘हातमा सात रोपनी खेत को पुर्जा छ । तर, खेतमा खोला हिंडेको छ । ढुंगो माटो खान भएन् ।’
उनि हरेक दिन जसो खोला किनार पुग्छन र आफ्नो वगरमा परिणत भएको जमिन नियाल्छन् । बगर बनेको खेत हेर्ने शिवाय अरु विकल्प पनि छैन्। ‘धान, मकै खेती हुने खेत थियो। अहिले ढुंगा, गिट्टी र बालुवा मात्रै छ’ उनले भने।
गत २३ गते आएको बाढीले स्थायिन तीन जनाको खेत खोलाले बगर बनाएको छ । त्यस्तै सोही वडाको लोध निवासी पूर्णसिं गुरुङको पनि सात रोपनी खेत साँगे खोलाले कटान गरेर बगरमा परिणत गरिदिएको छ। उनले भने–‘कहिले तटबन्ध होला र खेत निस्केला भन्ने आशा छ।’ बर्खायाममा खोला दुई भंगालामो बग्ने गर्छ ।
‘हरेक बर्ष खोला वर वर सर्दै आएको छ’ गुरुङले भने,‘खै तटबन्ध भएको छैन् । बगरको खेत हेर्ने र तटबन्ध कुर्ने काम मात्रै भएको छ । २०४२ सालमा साँगे खोला मा ठुलो बाढी आयो । त्यो बाढीले दर्जनौं वस्ती विस्थापीत गर्यौ । हजारौं जमिन बगरमा परिणत गर्यो। बाढीले खेतीबारी बगर भएर पछि बस्ती नै रित्तीने क्रममा आयो । विगत सम्झदै सोही ठाँउका गोविन्द लामिछानेले भने–‘पहिला खेती गदै बसेको ठाउँमा खोला हिंडेको छ । अहिले त ढिकमा घर छ । खोलाको तटबन्धको लागी धेरै पटक योजना माग्यौं । तर, हाम्रो तिर कार्यक्रमनै पर्दैन। पहुँच नपुगेर त होला ।’
साँगे खोलाले पुर्जावाला खेत कटान गरेको छ । त्यो खेत को अझैं खेत धनीले मालपोत कर बुझाउदै आएका छन् । ‘मालपोत त बुझाउनै पर्यो। हातमा खेत को लालपुर्जा छ । तर, खेत भने बगर बनेको छ। कुनैदिन खेत उकासिएला भन्ने आशाले मालपोत बुझाउने गर्छौं’ पूर्णसिंले भने–‘आफूलाई खान लगाउन पुग्ने खेत थियो । तर, खोलाले काट्दा गरिब बनायो । अधिया बटैया लगाएर घर खर्च जुटाउनु परेको छ ।’ खेती गर्ने खेतबारी बगर भएपछि गाँउमै विस्थापित हुने क्रममा रहेको स्थानिय पुरुषोत्तम लामिछानेले बताए । उनले भने,“गाँउको विकासमा कसैले ध्यान दिएन्, गरिखाने खेतीबारी खोलाले लगेपछि यहाँका दजानौ बासिन्दा बसाईसराई गरेका छन् । ”
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१