पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरुका लागि सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी दुईदिने भर्चुअल तालिम शुक्रवार सम्पन्न भएको छ ।
बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमअन्तर्गत केयरमामा सहभागी संस्थाका सञ्चालक तथा प्रवन्धकहरुका लागि संचालित तालिममा सहकारी संस्थाहरुको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धमा सहजीकरण गरिएको थियो ।
तालिमका सहभागीहरुले योजना निर्माण तालिमपछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरुको भनाइ छ ।
तालिम समापनमा बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि संस्थाहरुले योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताए । उनले संस्थाहरु कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसावले प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
तालिम समापनका क्रममा आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालन हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुलाई व्यवस्थित गराउनका लागि कोरोनाको संकटका समयमा पनि सहकारी बैंकले प्रविधिको प्रयोग गरेर तालिम सञ्चालन गरेको बताइन् ।
कायृक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, प्रशिक्षकहरु नवकुमार अधिकारी, सूर्य रिमाल, तालिम अधिकृत नारायण बेलवासेले बोलेका थिए ।
तालिममा ७० जनाको तालिममा सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१