विद्युत् प्राधिकरणमा मास्क वितरण

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७७
elect

पोखरा । नेपाल विद्युत् प्राधिकरणको ३५ औं वार्षिकोत्सव अवसरमा विद्युत् प्राधिकरणका कर्मचारी तथा ग्राहकलाई मास्क वितरण गरिएको छ ।

आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन पोखरा वितरण केन्द्र इकाइ समिति र गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।

प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, पोखरा वितरण केन्द्र प्रमुख सुरेन्द्रकुमार साह, युनियन नेता लगायतको उपस्थिति रहेको कार्यक्रममा करिब ६ सय थान मास्क वितरण गरिएको थियो ।

कार्यक्रममा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारीले युनियनले चालेको कदम सह्राहनीय भएको बताए ।

यसैबीच प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत कर्मचारी सीताराम दाहालको कोभिड–१९ कै कारण स्वर्गारोहण भएकोमा श्रद्धाञ्जली अर्पण गरियो ।

कार्यक्रममा पोखरा वितरण केन्द्रमा कार्यरत कर्मचारी केदारप्रसाद बरालले १ सय थान मास्क युनियन पोखरा वितरण केन्द्र इकाइ समितिलाई सहयोग प्रदान गरेको जानकारी युनियनकी सीता सिग्देलले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width