पुम्दीभुम्दीका पहिरो पीडितलाई रोटरीको सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
Rotery, Sheltre Box

पोखरा । पोखरास्थित रोटरी क्लबहरुले पुम्दीभुम्दीका पहिरो पीडितहरुलाई नगदसहित सहयोग सामग्री वितरण गरेको छ ।

पोखरामा रहेका ७ वटा रोटरी क्लवले पुम्दीभुम्दीको पहिरोमा परी पीडित बनेका ४ घर परिवारलाई नगद सहित शेल्टर बक्स संयुक्त वितरण गरेको हो ।

अविरल वर्षाका कारण गत असारको २४ गते पोखरा–२२, पुम्दीभुम्दीमा गएको पहिरोका कारण ४ घरपरिवार विस्थापित बनेका थिए । उक्त पहिरोमा परी ४ घर पूर्ण रुपमा क्षति हुँदा घर परिवारलाई आवश्यक जिन्सी सामाग्री सहित ४५ हजार नगद सहयोग गरेको रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष प्रदीपभक्त आचार्यले जानकारी दिए ।

प्रमुख अतिथि गण्डकी प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष मित्रलाल बराललगायतले सहयोग सामग्री वितरण गरेका हुन् । सो अवसरमा उनीहरुले रोटरीको सामाजिक कार्यको प्रशंसा समेत गरे ।

रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरियन प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ पोखराका अध्यक्ष रोटरियन जितेन्द्र सिग्देलले स्वागत र रोटरियन उपेन्द्र पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width