पोखरा, २९ साउन । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटन क्षेत्रका मजदूरलाई राहत वितरण गरेको छ । कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेका विपन्न पर्यटन मजदूरलाई ओटेफले राहत वितरण गरेको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ को असरमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र लाखाँैको रोजीरोटी गुमेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले व्यवसायी महिलाले कोभिड–१९ को असरमा परेका पर्यटन मजदूरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको जानकारी दिए । पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रका मजदूरको समस्यालाई बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको बताए । पहारीले कोरोनाको सङ्क्रमण वडामा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर जोगिनुपर्ने धारणा राखे ।
ओटेफका अध्यक्ष जमुना पहारीले मजदूर र व्यवसायी एकसिक्का दुई पाटा रहेको बताईन् । कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत ३० मजदूरलाई चामल, दाल, तेल, नूनलगायत सामग्री वितरण गरिएको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिईन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१