प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित   

रासस
श्रावण २८, २०७७
suchana-bibhag

काठमाडौँ, २८ साउन । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो।

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width