लेखनाथ । पोखरा २६, अमरज्योति गाउँफर्क मावि परिसरमा निर्माण गरिएको कृषि वनमा फलफल र फूल जातका बिरुवा लगाइएको छ ।
सामुदायिक वन दिवस अवसर पारेर विद्यालय हातमा निर्माण गरिएको २ सय ७४ वर्गफिटको क्षेत्रफलभित्र फूल र फलफल जातका करिब ३ सय बिरुवा लगाइएको हो ।
संघीय खानेपानी आयोजना गण्डकी प्रदेश र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आर्थीक सहयोगमा निर्माण गरिएको क्षेत्रमा स्थानीय रैथाने जातका बिरुवा हटाइ आयआर्जन र विद्यार्थीको सिकाइमा सहयोग पुग्नेखालका बिरुवा लगाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै खानेपानी आयोजना गण्डकी प्रदेशका प्रमुख शिवेन्द्र झाले बिरुवा लगाउनुमात्र ठूलो कुरा नभइ लगाएका बिरुवाको उचित संरक्षण गर्दै वन पैदावारलाई आयआर्जनमा जोड्नु पर्ने धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद बरालले खानेपानीको मुहान संरक्षण एवं पानीको शुद्धिकरणका वन संरक्षण अति महत्वपूर्ण भएको बताए ।
प्रधानाध्यापक दामोदर सापकोटाले स्वागत मन्तव्य रहेको कार्यक्रमका संचालन शिक्षक विष्णुहरि ढुंगानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१