बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत अख्तियार नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७७

पाेखरा, १९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।

कार्यालयको बा२झ १८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले ३ लाख ४८ हजार र विभिन्न मितिमा बैंकमा रकम जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित बुटवल–१०, सैनामैनाबाट नियन्त्रणमा लिएको हो।

दुवै जनालाई स्रोत नखुलेको कुल रकम ८ लाख ९८ हजार रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width