गाउँपालिकामा मदिरा निषेध

रासस
श्रावण ४, २०७७
No Alcohol

बनेपा, ४ साउन । काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताए ।

उनका अनुसार सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ । पालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीहरूलाई आग्रह गर्दै पसल व्यवसायीहरूले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।

यसअघि पनि वडा ५ ले सो अभियान थालनी गरेकामा अन्य वडाहरूमा निषेध नगर्दा समस्या देखिएको उल्लेख गर्दै वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले अब गाउँपालिकाले नै निषेध गर्ने निर्यण गरेकाले थप हौसला मिलेको बताए । जिल्लाका १३ वटा पालिकामध्ये चौँरीदेउराली गाउँपालिकाले नीतिगत रूपमा नै मदिरा निषेध पालिको घोषणा गरेको यो पहिलो हो । रासस

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width