नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले कोरोना राहत वितरण गर्ने

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
IMG_20200712_164359

पोखरा, २९ असार । कोरोनाका कारण दैनिक गुजारा गर्न मुश्किल परेका गरीब तथा ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका परिबारहरुलाई १५ लाख रुपैयाँ यस सहयोग गरिने भएको छ ।

नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले नेपालका सामुदायिक बिद्यायलयमा अध्ययन गरिरहेका गरीब तथा बिपन्न बर्गका छात्र छात्राका अभिभावकलाई छनौट गरि एक घर ५ हजार रुपैंया जम्मा ३०० घरधुरीलाई बितरण गर्ने भएको हो । कोरोना महामारीको चपेटामा परेका परिवारलाई राहत स्वरुप सहयोग गर्न लागिएको संथाका चिफ राजेन्द्र थापाले जानकारी दिए ।

संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले आफू वर्षेनी ३ पटक नेपाल जादै बिभिन्न शैक्षिक गतिबिधिमा सहभागी भएको र नेपाली विद्यार्थीलाई सहयोगको निरन्तरता दिइने बताए । क्लबका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोको उपस्थितिमा संस्थाका प्रोग्राम कोर्डिनेटर सुनील हिराचन र प्रतिनिधि मनु ज्वाहर्चनको रोहबरमा सहयोग गरिने बताए । बिगत ३३ वर्ष देखी नेपालका सामुदायिक बिद्यालय भवन निर्माण्,छात्रबृत्ति बितरण, फर्निचर प्रदान्,शैक्षिक भ्रमण्,फोटो डे, खेलकुद आईटम सेट अप ,कम्युटर तथा शैक्षिक सामग्री बितरण , अन्तर  बिद्यालयस्तरीय भलिबल प्रतियोगोता गर्दै आईरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै