पोखरा, १० असार । औषधि व्यवसायी संघ कास्कीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरोना सङ्क्रमण (कोभिड –१९) को कारण हुनसक्ने रगत अभावलाई ध्यान दिदै संघले बुधबार पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा कास्कीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले कास्की जिल्लाको जिम्मेवारी सम्हालेसँगै पहिलोपल्ट औपचारिक कार्यक्रममा रक्तदान गरेर सामाजिक सेवामा जुट्ने अवसर मिलेको बताए ।
प्रमुख श्रेष्ठले कास्कीको शान्ति सुरक्षा, अमन चयनको लागि आफू कर्तव्यनिष्ठ भएर लागि पर्ने बताउँदै कास्कीबासीको सहयोगको अपेक्षा गरे । कार्यक्रममा संघका केन्द्रीय सचिव यामनाथ पौडेलले असहज परिस्थितिमा संस्थाले रक्तदान जस्तो सामाजिक काम गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको धारणा राखे ।
संस्थाले स्थापनमा देखिनै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको स्मरण उनले गरे । संघका गण्डकी अध्यक्ष रामबहादुर केसीले रक्तदान मानवीय सेवाको उत्कृष्ट कार्य भएको चर्चा गरे । संघका कास्की अध्यक्ष विक्रम पन्तले धन्यवाद प्रकट गरेका थिए ।
रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७१ यूनिट रगत सङ्कलन भएको संघका महासचिव पूर्णकाजी बस्नेतले बताए । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्त सञ्चारका अध्यक्ष जितेन्द्रमान शाक्यले क्षेत्रीय रक्त सञ्चार केन्द्र अध्यक्ष अर्जुन ज्ञवाली, औषधि बिक्री प्रतिनिधि संघका अध्यक्ष निरज पन्त लगायतकाले शुभकामना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१